गोदावरी धामलाई हरिद्वारको स्वरुप बनाएर लैजान आवश्यक छ – नगरप्रमुख भट्ट

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाको प्रमुख धार्मिक तिर्थ धामलाई गोदावरी लाइ भारतको हरिद्वारको स्वरुप बनाउन आवश्यक रहेको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताए । शनिबार गोदावरी आर्यघाट सरसफाई कार्यक्रममा बोल्दै पवित्र धामलाई संसार सामु चिनाउन गोदावरी धामलाइ व्यवस्थित रूपमा डिपिआर को माध्यमबाट अगाडी बढाउन आफू लागि परेको बताए ।

CP Hospital Dhangadhi


कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ ।

आर्यघाट व्यवस्थापनका लागि नेपाल बिद्यार्थी संघ (नेविसंघका)ले शनिबार दुर्गन्धित बन्दै गएको आर्यघाटको सरसफाई गरेको हो ।

nawajiwan
Attariya Hospital

पछिल्लो समयमा लास जलाउन गएका व्यक्तिहरुले मरेका व्यक्तिहरुका लुगाकपडा तथा पानीका बोतलहरु जथाभावी फाल्ने गरेका कारण गोदावरी आर्यघाट दुर्गन्धित बन्दै गएको थियो । नगरपालिकाले लुगाकपडा व्यवस्थापनका लागि खाडल समेत खनेको र सबै जनतालाई जनचेतना फैलाउन समेत मेयर भट्टले आग्रह गरेका छन् ।

आर्यघाटलाई समय समयमा सरसफाई गर्दै आउने आर्यघाट व्यवस्थापन का लागि नेविसंघका कुबेर खड्काले बताए । आर्यघाटमा खानेपानी, व्यवस्थित दाहसंस्कार स्थल तथा सडक लगायतका समस्या रहेका बताउदै उनले आर्यघाट प्रयोग गर्दै आएका कैलाली, कञ्चनपुरका स्थानिय तहहरुले व्यवस्थापनमा लाग्न जरुरी रहेको बताए ।

आर्यघाट सरसफाई कार्यक्रममा नेविसंघका युवा विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानिय जनताको समेत सहभागीता रहेको थियो ।