
अत्तरिया: कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसीज वर्ष २०२४ का नव निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।आज एक कार्यक्रमकाबिच उनीहरुले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बम लगायतको उपस्थिति रहेको थियो ।

बिहीवार एक कार्यक्रमकाबिच अत्तरिया जेसीजले १२ औं साधारणसभा सम्पन्न गरेको हो ।साधारणसभाबाट अत्तरिया जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा प्रकाश मल्ल (प्रवेग) निर्विरोध निर्वाचित भएका थिए ।
मल्लले महासचिवमा बम बहादुर बोगटी र कोषाध्यक्षमा अनिश सिंहलाई मनोनीत गरेका छन् । कार्यकारिणी उपाध्यक्षमा शंकर सांउद र जेसन मडै निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भुवन केसी, जेसी कल्पना भट्ट,शेर एर र रबि भट्ट निर्वाचित भएका छन् ।




जेसीआई वर्ष २०२४ का अध्यक्ष प्रकाश मल्लले २०२४ को लागि योजना बनाएर अगाडि बढ्ने बताए । उनले सबैसँग समन्वय गरेर काम गर्ने बताए । जेसीआई २०२४ को कानुनी सल्लाहकारमा प्रदिप खड्का, कार्यकारिणी उपाध्यक्षमा शंकर साउँद र जेसन मडै चयन भएका छन । त्यस्तै उपाध्यक्षमा भूवन केसी, कल्पना भट्ट, शेर ऐर र रवी भट्ट चयन भएका छन । अत्तरिया जेसीआई २०२४ को महासचिवमा बम बहादुर बोगटी, कोषाध्यक्षमा अनिस सिह चयन भएका छन ।
बम बहादुर बोगटले सञ्चालन गरेको १२ औ पद स्थापना कार्यक्रममा स्वागत मन्तव्य अत्तरिया जेसीआई २०१५ का अध्यक्ष भरत खड्काले राखेका थिए । कार्यक्रममा जनकल्याण मावि, शैलेस्वरी मावी, गोदवरी नगरपालिका वडा नम्बर ६, पदमा अस्पताल, एश्यर्या चश्मा सेन्टर, गाड्तैला कम्प्युटर, सत्यवती एकेडेमी र अत्तरिया जेसीआई २०१५ का अध्यक्ष भरत खड्कालाई समानित गरिएको थियो ।
कार्यक्रममा सहभागि अतिथिहरूलाई जेसिआई २०२३ का अध्यक्ष मान ऐरले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा जेसीआईले २०२३ मा गरेका विभिन्न कार्यक्रमका विजेतालाई पुरस्कार समेत वितरण गरिएको थियो ।


































