लोक स्वर सम्राट राजु परियारले पाउने भए झलकमान लोक–संगीत सम्मान

Image
Nisarga Hospital

बिन्ध्यवासिनी फाउण्डेसनको दशौं वार्षिक भेलाले मुक्तिनाथ विकास बैंकको प्रस्तुति, रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०८० मा सम्मानित हुने श्रष्टा तथा पत्रकारको नाम अनुमोदन गरेको छ ।ईन्द्रणी कम्प्लेक्समा आयोजित भेलामा बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०८० बाट नगद एक लाख रुपैयाँ राशिसहित अग्रज गायिका मिरा राणालाई सम्मान गर्ने निर्णय भएको छ ।

CP Hospital Dhangadhi

त्यस्तै, बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ । भेलाले बिन्ध्यवासिनी २५ हजार रुपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ ।

Attariya Hospital

त्यस्तै, बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा स्थापित प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ।

nawajiwan

त्यस्तै, नेपाली लोक संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोक–संगीत सम्मान २०८० बाट नगद २५ हजार रुपैयाँ राशिसहित लोक दोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय भएको छ । बिन्ध्यवासिनी म्युजिक अवार्डको १४औं संस्करण आगामी चैत १ गते सम्पन्न गर्ने निर्णय भएको फाउण्डेसनले जनाएको छ ।