
श्रीमान नभएकी एक्ली मुनामाथि गाउँको धनी बाउको छोरा मक्करेले हातपात गर्छ । जँगलमा एक्लै भेटेर उनी माथि शोषण गर्न खोज्छ । घरमा सासुले पनि निरन्तर मुनालाई तनाव दिन्छिन् । श्रीमान बितेपछि एक छोराको साहारामा बाँचेकी मुनालाई निकै तनाव छ । यसैबिच उनको गाउँमा एक युवकको प्रवेश हुन्छ, त्यसपछि के हुन्छ । शिशिर भण्डारीको नयाँ सिरियल फोटो फिरिममाको कथा हो, यो ।

कलाकार शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरू गरेका छन्। उनले आफ्नो चर्चित गीत ‘फोटो फिरिममा’ को नाममा सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन्। सोमबार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ।

यो सिरियल सोमबार राती ८:३० बजे “शिशिर भण्डारी’ युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। सिरियलमा भण्डारीकै कथा, पटकथा एवम् संवाद लेखन छ। सिरियललाई सन्तोष राजबहाकले निर्देशन गरेका हुन्। सिरियलमा शिशिर भण्डारी, दिपिका थापा, आभा थापा, विपना बस्नेत, रिनेक्स बस्नेत, रिवाज गौतम, गीता थापा, मोहन भण्डारी, निरज घिमिरे, अविनाश गौतमलगायत कलाकारको अभिनय छ। बाल कलाकारका रूपमा अनुरोध भण्डारीले अभिनय गरेका छन्। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको सिरियललाई राज कार्कीले सम्पादन गरेका हुन्। शिशिरको शब्द एवम् संगीतमा रहेको ‘फोटो फिरिममा’ गीतलाई निकै रूचाएका थिए। सिरियल हेर्नुस































