कैलालीको भुमिसुधार, मालपोत र नापी कार्यालयको बिद्युतले लाईन काट्यो

Image
Nisarga Hospital

धनगढी: बिद्युत प्राधिकरण कार्यालय धनगढीले कैलालीको भुमिसुधार, मालपोत र नापी कार्यालयको बिद्युतको लाईन काटेको छ । बिद्युतको महसुल नतिरेपछि प्रधिकरणले दिउसो १२ बजे लाईन काटेको हो । बिद्युतले लाईन काटेपछि सोमबार तिनै कार्यालय पुगेका सेवाग्राहीका काम समेत अबरुद्ध भएको छ । उक्त कार्यालयको बिद्युत अबरुद्ध भएपछि सेवाग्राहीहरुको काम समेत अबरुद्ध भएको थियो । नापी कार्यालयको ३८ हजार, मालपोतको ३६ हजार बिद्युतको महसुल तिर्न पर्ने भएपछि लाईन काटिएको बताईएको छ

CP Hospital Dhangadhi

टाढा बाटाएका सेवाग्राहीहरु दिनभर कार्यालयमा बिजुली नहुदा खाली हात फर्कनुपरेको गोदाबरीका रामप्रसाद खानाले बताए । सोमबार सेवा लिन आएका सयौ सेवाग्राहीहरुको कार्यालय संग आक्राशित भएका थिए । बिद्युत नभएपछि उक्त कार्यालयबाट पाउने सेवा सोमबार दिनभर नपाएको बिरेन्द्र बोहराले गुनासो गरेका थिए ।

उता नापी कार्यालयका सुचना अधिकारी दीर्घराज पाण्डे बिद्युतले जानकारी विनानै लाईन काटेको बताएका छन् । कार्यालयको लाईन दिउसो १२ बजे लाईन काटिएको उनले बताएका छन् । मालपोत कार्यालयले भने आफ्नो लाईन काटिए थाहै नपाएको बताउछन् । मालपोत कार्यालय कैलालीका प्रमुख प्रेससिह दौल्यालले भने कार्यलय प्रमुख पत्रकार पुगेपछि मात्रै बिद्युत लाईन काटिएको जानकारी पाएका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur