घोडाघोडीका शाहको धरापमा परी मृत्यु भएको खुलासा, धराप थाप्ने पक्राउ

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिका–१० को तुलसीपुर सामुदायिक वनमा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर धनबहादुर शाहको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–४ गणेशपुरका मनीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र विश्वकर्माले जानकारी दिए। उनकाअनुसार चौधरीले जंगलमा जनावरका लागि विद्युतीय धराप थापेका थिए। सोही धरापमा परेर शाहको मृत्यु भएपछि उनलाई अनुसन्धानका लागि मंगलवार पक्राउ गरिएको डीएसपी विश्वकर्माले बताए।

चौधरीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। १० माघमा सामुदायिक वनमा थापेको विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका शाहको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको थियो। उनीसँगै गएका मोहन्याल गाउँपालिका–३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका थिए। अहिले पनि उपचार गराइरहेका खत्रीको अवस्था सुधारोन्मुक रहेको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur