
अत्तरियाः कैलालीको अत्तरिया लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा टिकट ठेलीमा नक्कली ठेली प्रकरणमा आज बाणिज्य संघका दुई जना जना सहित थप २ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी गरेका छन ।

कैलालीको अत्तरियामा लागेको प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री गरेको भन्दै उनीहरूको विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी पुगेको हो। तर, जाहेरी दर्ता भएको छैन।
अत्तरिया उद्योग वाणिज्य संघ स्रोतले ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने शंकर खड्का, ठेलीमा छाप लगाउने दुई केटीका विरुद्धमा जाहेरी दर्ताको प्रक्रियामा रहेको छ। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा सहितको टोली उनीहरूका विरुद्धमा जाहेरी लगेर बुधवार जिल्ला प्रहरी कार्यालय, कैलाली पुगेको हो। तर, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जाहेरीमा तोक नलगाएपछि दर्ताको प्रक्रिया रोकिएको छ। बिहिवारसम्म उनीहरूका विरुद्धमा पक्राउ पुर्जी जारी हुने प्रहरी स्रोतले बताएको छ। यता, डिएसपी चन्दले भने सो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन्।




जाहेरी हुनेहरुमा अत्तरिया उद्योग बाणिज्य संघका महासचिव शंकर खण्ड र सदस्य बम बहादुर बोगटी रहेका छन ।
शंकर खड्का महोत्सवका लागि टिकेट रुजु गर्ने कामको जिम्मा लिएका थिए भने बोगटी महोत्सवका लागि काठमाण्डौंमा टिकेट छपाऐको जिम्मा लिएका थिए ।
अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो। तर, बुधवार साँझसम्म उनीहरू पक्राउ परेका छैनन्। दुई जनाका विरुद्ध पक्राउ पुर्जी जारी भएका बेला थप चार जनाका विरुद्ध जाहेरी प्रहरीमा पुगेको हो।
पुष २६ गते देखि शुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरि आर्तिक अनियमितता गरेको भन्दै संघले शुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो ।


































