
धनगढी : प्रदेशको राजधानी धनगढीमा प्रदेश सरकारले चालू आर्थिक वर्षमा नै बहुवर्षिय योजना अन्तर्गत काम गर्न थालेपछि विकासको मूल फुट्न थालेको छ । धनगढीको मुख्य बजार रहेको कैलाली नालादेखि क्याम्पस चौकसम्मको सडक आकर्षक बनाउन स्तरोन्नतिका लागि अघिल्लो आर्थिक वर्षमै प्रदेश सरकारको पूर्ण लगानीमा बजेट विनियोजन गरी काम अगाडि बढाएको थियो । अहिले उक्त सडक किनारमा नाला निर्माणको काम भइरहेको छ ।

कैलाली नालादेखि धनगढी चौराहसम्मको सडक निर्माणमा एसियाली विकास बैंक (एडिबी) को लगानीमा काम भइरहेको छ । पछिल्लो समयमा भने प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीका १९ वटा सडकको निर्माण सम्पन्न गर्न ठेक्का आव्हान भएका सडकहरुको काम अगाडि बढाएको छ ।
धनगढीका १९ वटा सडकहरुको पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेजमा ठेक्का आह्वान भएका सडकको कालोपत्रे, ढल निकासको काम अगाडि बढाउने भौतिक पूर्वधार विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा बहुवर्षिय आयोजनाका रुपमा पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेज अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयले काम अघि बढाएको छ । जसका लागि ६१ करोडको बजेट छुट्याइएको छ ।




पहिलो प्याकेज अनुसार धनगढी–४, को रातोपुल–टेम्पल रिसोर्ट–शिवपुरी–तुल्सीचोकहँुदै भगवती टोलसम्मको सडक रहेको छ । यस्तै धनगढी–३, को वाणिज्य बैक–विशालनग–जनता आधारभूत विद्यालय– वीरेन्द्र चोकहुँदै रिङरोड जोड्ने सडक, नेशनल मार्ग सडक, धनगढी– २, को मेनरोड रुवस होटल हँुदै बैयावेहडी सडक र पुरानो भन्सार रोड सडकको काम अघि बढ्ने तयारी भएको छ ।
प्याकेज २ मा धनगढी–८, देखि १२ नम्बर वडासम्मको धनगढी गाउँ–जुगेडा सडक कालोपत्रे, धनगढी–८, को पुष्पलाल चोकदेखि धनगढी गाउँसम्मकोे सडक, धनगढी–७, को कैलाली बहुमुखी क्यामपसदेखि जाखोरताल सम्मको सडक र धनगढी–१, को त्रिवेणी सडकको काम अघि बढाइएको छ । प्याकेज नम्बर ३ मा धनगढी–५ नैनादेवी–पुरानो हसनपुर सडक, धनगढी वडा नम्बर ५ र ३ जोड्ने सामुदायिक प्रहरी पीपल चौतारादेखि बोराडाँडी हुँदै फाप्ला रिङरोडसम्मको सडक काम अघि बढाइएको छ । त्यो सडक निर्माणका लागि तारानगर क्षेत्रका स्थानीयले आफ्नो पर्खाल तथा संरचना हटाएर सडक खाली गराइसकेका छन् ।
प्याकेज नम्बर ३ मा धनगढी–१३, मैदा मिलदेखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोष्टहुँदै ढुंगेबजारसम्मको सडक, धनगढी–१३, राजपुर चोकदेखि पूर्वतर्फ वडा कार्यालय जाने सडक निर्माण कार्य सुरुवाती चरणमा पुगेको छ । प्याकेज ४ मा धनगढी–११, वहिरा स्कुलदेखि दक्षिणकाली टोल जाने सडक, धनगढी–४ गठबन्धन चोकदेखि शिवपुरीधामसम्मको सडक कालोपत्रेको चरणमा रहेको मन्त्रालयले जनाएको छ । प्याकेज नम्बर ५ मा धनगढी–६, मल्लो मटयारी–ढुंगेबजार पश्चिम चोकदेखि उत्तर कृष्णटोल र एकता टोलहँुदै लक्ष्मीनगर जानेबाटोमा कल्भर्ट र नाली निर्माण गरिने भएको छ भने धनगढी–४, शहीद गेट–शिवपुरी–न्यूरोड सडक खण्डदेखि कैलाली चोकसम्म सडक कालोपत्रे हुने बनाउन ठेक्का प्रक्रिया सुरु भइसकेको प्रदेशको भौतिक पूर्वधार विकास मन्त्रालयले जनाएको छ ।
प्याकेज नम्बर ६ मा धनगढी–२, को खप्तड वडीमालिका टोल सडकको निमार्ण गरिने बताइएको छ । धनगढी–२, नन्दलाल पन्तको घरदेखि पूर्व भरत जोशीको घरसम्म पक्की नालासहित ढल निकास बनाइने भएको हो । धनगढीको सडक विकासका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का आव्हान गरिसकेको र काम चाँडै अगाडि बढ्ने बताइएको छ । सडक निर्माणको कागजी प्रक्रिया पूरा गरिसकेपछि आगामी चार महिनाभित्र काम सुरु हुने पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए । प्रदेश सरकारले प्रदेशको विकासका लागि निरन्तर क्रियाशील रहेको बताउँदै प्रदेशका योजनाको अनुगमन र आवश्यकताका आधारमा योजना बनाउने भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले बताए । उनले भने, ‘आउँदो आर्थिक वर्षदेखि प्रदेशभरका सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन गर्नुका साथै धनगढीका अन्य वडाहरुमा पनि प्राथमिकताका आधारमा सडक स्तरोन्नति गरिने कार्यक्रम रहेको छ ।’
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वधार विकास मन्त्री मा. प्रकाश बहादुर देउवाले यस वर्ष बहुवर्षिय आयोजनाका रुपमा पहिलो चरणमा निर्माण सम्पन्न गर्न ६ वटा प्याकेजमा ठेक्का आवहान भएका १९ वटा धनगढी उपमहानगरपालिका भित्रका सडकहरु ।
प्याकेज १
(१) धनगढी उपमहानगरपालिका वडा न ४ रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुल्सीचोक हुदै भगवती टोल सम्मको सडक ।
(२) धनगढी उपमहानगरपालिका वडा न ३ वाणिज्य बैक, विशालनगर, जनता आधारभूत विद्यालय, विरेन्द्र चोक हुदै रिङ्गरोड जोडने सडक ।
(३) धनगढी उपमहानगरपालिका वडा न २ मेनरोड रुवस होटल हुदै बैयावेहडी सडक ।
(४) धनगढी उपमहानगरपालिका वडा न ३ नेशनल मार्ग सडक ।
(५) धनगढी उपमहानगरपालिका वडा न २ पुरानो भन्सार रोड सडक ।
प्याकेज २
(१) धनगढी उपमहानगरपालिका वडा न ८ देखि १२ न वडा सम्मको धनगढी गाउँ जुगडा सडक कालोपत्र ।
(२) धनगढी उपमहानगरपालिका वडा न ८ पुष्पलाल चोक देखि धनगढी गाउँ सम्मकोे सडक ।
(३) धनगढी उपमहानगरपालिका वडा न ७ कैलाली बहुमुखी क्यामपस देखि जाखोरताल सम्मको सडक ।
(४) धनगढी उपमहानगरपालिका वडा न १ त्रिवेणी सडक ।
प्याकेज ३
(१) धनगढी उपमहानगरपालिका वडा न ५ नैनादेवि पुरानो हसनपुर सडक ।
(२) धनगढी उपमहानगरपालिका वडा न ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा देखि वोराडाँडी हुदै फाप्ला रिङ्गरोड सम्मको सडक ।
(३) धनगढी उपमहानगरपालिका वडा न.१३ मैदामिल देखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोष्ट हुदै ढुंगेबजार सम्मको सडक ।
(४) धनगढी उपमहानगरपालिका वडा न १३ राजपुर चोक देखि पुर्व वडा कार्यालय जाने सडक ।
प्याकेज ४
(१) धनगढी उपमहानगरपालिका वडा न ११ वहिरा स्कुल देखि दक्षिणकाली टोल जाने सडक ।
(२) धनगढी उपमहानगरपालिका वडा न ४ गठवन्धन चोक देखि शिवपुरीधाम सम्मको सडक कालोपत्रे ।
प्याकेज ५
(१) धनगढी उपमहानगरपालिका वडा न ६ मल्लो मटयारी ढुंगेवजार पश्चिम चोक देखि उत्तरकृष्णटोल र एक्ताटोल हुदै लक्ष्मीनगर जानेबाटो कल्भर्ट र नाली निर्माण सडक ।
(२) धनगढी उपमहानगरपालिका वडा न ४ शहिदगेट, शिवपुरी, न्यूरोड सडक खण्डदेखि कैलालीचोक सम्म सडक कालोपत्रे ।
प्याकेज ६
(१) धनगढी उपमहानगरपालिका वडा न २ खप्तड वडीमालिका टोल सडक ।
(२) धनगढी उपमहानगरपालिका वडा न २ नन्दलाल पन्तको घर देखि पुर्व भरत जोशीको घर सम्म पक्कीनाला सहित ढल निकास ।


































