
अत्तरियाः कैलालीको अत्तरिया लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा टिकट ठेलीमा नक्कली ठेली प्रकरणमा बुधबार बाणिज्य संघका दुई जना सहित थप २ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी भए सँगै आज पक्राउ पुर्जी जारी भएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघ स्रोतले ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने शंकर खड्का, ठेलीमा छाप लगाउने दुई केटीका विरुद्धमा जाहेरी दर्ता भई पक्राउका लागि प्रक्रियामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी प्रमुख एसपी देवेन्द्र पालले बताए ।




अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा सहितको टोली उनीहरूका विरुद्धमा जाहेरी लगेर बुधवार जिल्ला प्रहरी कार्यालय, कैलाली पुगेका थिए ।
शंकर खड्का महोत्सवका लागि टिकेट रुजु गर्ने कामको जिम्मा लिएका थिए भने बोगटी महोत्सवका लागि काठमाण्डौंमा टिकेट छपाऐको जिम्मा लिएका थिए ।
बम बहादुर लाई किन त पक्राउ पुर्जी ? यस्तो भन्छन जाहेरी दिने टिम !
संस्थाका ईमान्दारका रुपमा केही ब्यक्तीले मिडियामा प्रचार गरीएका बाणिज्य संघका सदस्य समेत रहेका बम बहादुर बोगटीलाई किन किटानी जाहेरी गर्नु भएको भन्ने जिज्ञासामा, अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा लागेको महोत्सवमा सबै जसो कामको जिम्मेबारी दिदा कोटेशन र प्रतिस्पर्धाका रुपमा अगाढी बढाएको तर टिकट छपाईका लागि कुनै प्रतिस्पर्धा र कोटेशन बिना काठमाण्डौमा रहेको ‘मिसन प्रिन्टरस एण्ड पब्लिकेशन लिमिटेड’लाई जिम्मा दिएको देख्दा संकाको घेरामा रहेकोले हामीले हाजेरी दिएको बताए ।
अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध अदालतले पक्राउ पुर्जी यस अघि नै भएको थियो ।
पुष २६ गते देखि शुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरि आर्तिक अनियमितता गरेको भन्दै संघले शुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो ।


































