सुरक्षित गर्भपतन सम्बन्धी बैतडीको बिरेन्द्र माध्यमिक बिद्यालयका बिद्यार्थीलाई जनचेतनात्मक प्रशिक्षण

Image
Nisarga Hospital

पछिल्लो समय असुरक्षीत गर्भपतन र अस्थाई साधनको प्रयोगले स्वास्थ्यमा जटिल समस्या समेत निम्तिरहेको बिषयलाई लिएर बैतडीमा जनचेतनात्मक प्रशिक्षण दिइएको छ।

CP Hospital Dhangadhi

यौनिक तथा प्रजनन स्वास्थ्य परियोजना अन्तर्गत भिजिबल इमप्याक्टद्वारा सञ्चालित कार्यक्रम मार्फत जिल्लाको बिरेन्द्र माध्यमिक बिद्यालय साहिलेकका बिद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो। माघ १७ गते धनगढीबाट गएका दुई जना प्रशिक्षकहरुले बिद्यार्थीहरुलाई जनचेतनात्मक प्रशिक्षण दिएका हुन्।

कार्यक्रममा शुरक्षित गर्भपतन सम्बन्धी जानकारी र अस्थाई साधनको फाइदा र बेफाइदा बारे चर्चा गरिएको प्रशिक्षक तथा संस्थाकी युथ क्याम्पियन मेनुका वडले बताइन्। वड सहित अर्का युथ क्याम्पियन सिरि तिरुवाले एक दिने प्रशिक्षण दिएका थिए। बिद्यालयका एक सय ५० जना बिद्यार्थी सहभागी कार्यक्रमले अशुरक्षित गर्भपतन र अस्थाई साधनको प्रयोग बारे प्रस्ट पारिएको प्रशिक्षक वडले बताइन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur