शिब हमालको सृजनामा रहेको नया गीत “चोली फेर्ने माया” लोकसंचारकर्मी नेपालले भव्य कार्यक्रम राखी गर्यो बिमोचन

Image
Nisarga Hospital

लोकगायक बद्री पंगेनी र गायिका शान्ति भण्डारीको स्वरबद्ध रहेको गीत ‘चोली फेर्ने माया’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

CP Hospital Dhangadhi

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा शारिरिक रुपमा दृष्टिविहीन भए पनि आफ्नो स्वरको माध्यमबाट धेरैको मन जितेका कार्यक्रमका प्रमुख अतिथि गायक प्रज्वल कुमालले गीतको भिडियो विमोचन गरेका हुन् । गीत विमोचन समारोहमा गायक बद्री पंगेनीले आफूले निरन्तरताका लागि मात्रै नयाँ गीत ल्याएको बताए ।

पछिल्लो समय गीत सार्वजनिक भइरहँदा पनि तपाई कता हराउनु भो भन्ने प्रश्न आइरहने हुँदा संगीतमा निरन्तरता दिएको छु भन्नका लागी नयाँ गीत सार्वजनिक गरेको उनले सुनाए । साथै, गायक पंगेनीले कता हराउनु भो भन्ने प्रश्नको समाधानका लागि सञ्चारकर्मीहरुको सहयोग मागेको बताए ।

nawajiwan

उनले भने, ‘गीत आइरहेको हुन्छ, तैपनि शुभचिन्तकहरु जहाँ भेटिनुहुन्छ जसले पनि कता हराउनु भो, गीत गाउन छाड्नु भयो कि भन्ने प्रश्न गरिहाल्नुहुन्छ, त्यसैले पनि त्यस्ता प्रश्नको समाधान होस् भनेर सञ्चारकर्मीको सहयोग मागेको हो ।’ त्यसैले पनि उक्त गीत दर्शक, स्रोतामाझ पुग्छ भन्ने आफूले अपेक्षा गरेको गायक पंगेनीले धारणा राखे ।

Attariya Hospital

शुक्रबार सार्वजनिक उक्त गीतमा गायक पंगेनी र गायिका शान्ति भण्डारीको आवाजसँगै शब्द र संगीत शिव हमालको रहेको छ भने भिडियोमा नायक पुष्प खड्कासँगै गायक पंगेनी र गायिका भण्डारी आफूहरुले पनि अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियो मौसम हिमालीको निर्देशन छ ।

कार्यक्रमका प्रमुख अतिथि सडक साधकको रुपमा परिचित प्रज्वल कुमालले बद्री पंगेनीका हरेक गीत समाजसँग जोडिएका हुने र अहिलेको गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास राखे ।

कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले नेपाली लोक गीतको क्षेत्रमा गायक पंगेनीको योगदान अतुलनिय रहेको र अहिलेको सिर्जनाले पनि दर्शक तथा स्रोताको मन जित्ने विश्वास व्यक्त ।

कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष हरिवल्लव नेपाल, गीतकार एकनारायण भण्डारी, भिडिओ समिक्षक बाबुराजा केसी, सुवास रेग्मीलगायतको सहभागिता थियो । गीतको भिडियो गायक बद्री पंगेनीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Advertize US