
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. २ दुर्गालक्ष्मी नमूना माबिको छेउमा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभामा सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्याएको बताए ।

शनिबार एक कार्यक्रमका बिच संस्थाको साधारण सभा सभाको कार्यक्रममा यस पालिका भित्र रहेका केही सहकारि संस्थाले समाजमा सकारात्मक प्रभाव पार्नमा सहयोग गरेको आफू खुसी रहेको बताए । संस्थाका अध्यक्ष बसन्त रोकाया (ललीत) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।


कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले सहकारीले शेयर सदस्यहरुको आर्थिक स्तरोन्नतीका लागी महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ नै संस्थाको स्थापना भएको देखिएको र सोही अनुसारको कार्य सहकारीले गर्दै आएको बताए ।
संस्थाको वर्तमान अवस्था हेर्दा संस्थाले छोटो समयमा नै राम्रो प्रगती गरेको बताउदै उनले संस्थाले आम सदस्यहरुलाई पनि सहज रुपमा सेवा उपलब्ध गरेको देखिएको बताए । उनले सहकारीसँग जोडिएका रहेक कार्यमा नगरले समन्वय गर्ने बताए । साथै उनले नगर सदैव सहकारी संस्थाको साथमा रहने समेत बताए ।

यसैगरी उनले सहकारीको सहकार्यले यस क्षेत्रको आर्थिक विकाससँग देशको दियो विकासमा ठूलो भूमिका खेलेको र जनता प्रति समर्पित रहेका सहकारीलाई पालिकाले के सहयोग गर्दा थप प्रभावकारी बन्छ उक्त जानकारी गरी सहयोग समेत दिनमा तयार रहेको नगर प्रमुख भट्टले बताए ।
पछिल्लो समय सहकारीमा सहकार्यले महिलामा समेत योगदान पुगेको देखिन्छ । उनले सहकारीमा महिला पुरुषको सहभागिताले मुलुकको आर्थिक विकास समेत सहयोग पुग्ने उल्लेख गरे । उनले पछिल्लो समय सहकारीहरुमा विचलन आएको देखेर सहकारी अभियान्तामा विचलन नहुन र नहुने गरी क्रियाकलाप गर्न समेत जोड दिन नगर प्रमुख भट्टले बताए ।
कार्यक्रममा सहभागी हुने हरुमा संस्थाका निवर्तमान अध्यक्ष मेघ राज भट्ट, पदमा अस्पतालका संचालक डा. नर बहादुर मौनी, अत्तरिया अस्पतालका सूचना अधिकारी तथा संस्थाका कोषाध्यक्ष भरत बहादुर खत्री, समाजसेवी , पत्रकार, सहकरी संस्थाका सदस्य लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन यसै सहकारीका मदन राज भट्ट ले गरेका थिए भने शुभकामना मन्तब्य बालकृष्ण प्रसाईले गरेका हुन् ।


































