जन्मदिनको अवसरमा पत्रकार धामीद्वारा जिल्ला अस्पताल बझाङका बिरामीलाई फलफुल वितरण

Image
Nisarga Hospital

बझाङः बझाङका पत्रकार कर्ण धामीले जन्मदिनको अवसरमा अस्पतालका विरामीलाई फलफुल वितरण गरेका छन् । प्रेस चौतारी नेपाल, बझाङ शाखाका सदस्य तथा पाथिभेरा संचार गृहका अध्यक्ष समेत रहेका धामीले आफ्नो जन्मदिनको अवसरमा शनिबार जिल्ला अस्पताल बझाङमा उपचाररत ६ जना पुरुष र १२ जना महिला गरी १८ जना बिरामीहरुला फलफुल वितरण गरेको हो ।

CP Hospital Dhangadhi

May be an image of 2 people and hospital

पछिल्लो समय जन्मदिनमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी रहेका बेला फजुल खर्च गर्नुभन्दा मानव सेवामा सकेको रकमबाट सहयोग गर्नु पर्छ भन्ने सन्देशदिनकै लागि भएपनि बिरामीलाई फलफुल वितरण गरेको उहाँले बताउनुभयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

May be an image of 3 people, sherpa coat and text

आज शनिबार जन्मदिन परेका पत्रकार धामीले जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ नेकपा एमालेका युवानेता नयन बोहरा लगाएतको उपस्थितीमा बिरामीलाई फलफुल वितरण गरी आफ्नो जन्मदिन मनाएका हुन् ।

May be an image of 3 people

अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्दै धामीले उपचाररत विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाछन् ।

Dhnagadhi & Krishanapur