बैतडीको दुर्गम शिवनाथ गाउँमा बिजुली बल्यो, स्थानिय हर्षित

Image
Nisarga Hospital

बैतडी: विकास गर्न बजेट भएर मात्रै पुग्दैन, कर्मचारीमा काम गर्ने हुटहुटी आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटिएर दुर्गम शिवनाथ गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ। ठेकेदारले एक वर्षमा गर्नुपर्ने बिजुलीको काम डेढ वर्षसम्म पनि पूरा नगर्दा प्राधिकरणका कर्मचारी आफैँ स्थलगत खटिएर बिजुलीका पोल गाडेर तार तानेपछि यहाँको दुर्गम शिवनाथ गाउँपालिकामा बिजुली बलेको हो।

CP Hospital Dhangadhi

भारतीय गाउँको बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य शिवनाथमा बिजुली बाल्न सरकारले एक करोड ४७ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । प्राधिकरणले शिवनाथका करिब पाँच हजार घरधुरीमा बिजुली बाल्न २०७९ साल वैशाख २३ गते एक करोड ४७ लाख रुपियाँको ठेक्का सम्झौता गरेको थियो।

सम्झौताको एकवर्षे म्याद सकिएर छ महिना बितिसक्दा पनि काम अधुरै रहेपछि विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुखसहितका कर्मचारी स्थलगत काममा खटिएपछि बिजुली बलेको छ। शिवनाथ गाउँपालिकामा पहिलो पटक बिजुली बलेपछि जनप्रतिनिधि र स्थानीयले प्राधिकरणका कार्यालय प्रमुखसहितका कर्मचारीलाई फूलमाला लगाएर अबिरजात्रा गरेका छन्। गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बिजुली बाल्न प्राधिकरणका कर्मचारीले रातभरि आगो बालेर काम गरेको स्मरण गरे।

अध्यक्ष साउदले भने, “शिवनाथमा बिजुली बाल्न प्राधिकरणले डेढ वर्षअघि नै ठेक्का सम्झौता गरेको थियो। एक वर्षमा काम सक्ने लक्ष्य थियो तर डेढ वर्षसम्म पनि काम सम्पन्न हुन सकेको थिएन।” त्यस्तै मेलौली नगरपालिकादेखि शिवनाथ गाउँपालिकासम्म ११ केभिए राष्ट्रिय प्रसारण लाइन बिस्तार भएपछि शिवनाथ गाउँपालिकामा थ्रिफेज लाइन पुगेको छ । बिजुली पुगेपछि गाउँपालिकामा कुटानीपिसानी गर्ने समिललगायत फर्निचर र शिवनाथको जाँतो, खल र सिलौटाका लागि प्रसिद्ध ढुङ्गा काट्न सहज हुने छ ।

Dhnagadhi & Krishanapur