
क्षत्री समाज राष्ट्रिय महासंघको २१ ओै वार्षिक साधारण सभा क्षेत्री समाज राष्ट्रिय महासंघको केन्द्रीय कार्यालय अनामनगर काठमाडौमा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

महासंघका अध्यक्षमा बिष्णुबहादुर खड्काको सभापतित्वमा संचालित कार्यक्रमबाट महासँघलाई के कसरी आगामी दिनमा लैजाने, बिगतमा के कस्ता क्रियाकलाप भए समपूर्ण क्रियाकलापहरुको समिक्षा सहित २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।




कार्यक्रमा महासंघलाई देशभर फैलाउन आगामी दिनमा क्षत्री समाजले के कसरी जान सकिन्छ , जिल्ला र क्षेत्रिय लेवलमा कसरी संन्जाल फैलाउने र देश र जनताका लागि हाम्रो महासंघले के गर्न सकिन्छ, जनचेतनामूलक कार्यक्रम गरी जनतालाई जानकारी नभएको कुरामा जानकारी गराउने लगायत अनेक बिषय बस्तुमा छलफल भएको जानकारी महासंघकी उपाध्यक्ष जागृति बोगटीले बताईन ।
क्षत्री समाज राष्ट्रिय महासंघको छैटौँ अधिवेशन तथा १९औँ बार्षिक साधारण सभाबाट खड्काको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती गठन भएका थिए । महासचिव बहादुर बिष्ट, केन्द्रीय उपाध्यक्ष जागृति बाेगटी लगात केन्द्रीय सदस्या, जिल्ला तथा क्षेत्रिय प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।




































