खप्तड छेडेदहमा, सुत्केरीलाई ‘कोसेली’ कार्यक्रम सञ्चालन

Image
Nisarga Hospital

धनगढी ः बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन गरेको हो । गत आर्थिक वर्ष २०७९–८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको हो। बच्चाहरुमा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ। उक्त कार्यक्रम सञ्चालन भएपछि त्यहाँका सुत्केरीको मुहारमा निकै खुसी छाएको छ। पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताइन्। गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का १८५ जना सुत्केरी महिलालाई समेटिएको नाथले बताइन्। खप्तड छेडेदह गाउँपालिकाले सात वटै वडामा उपाध्यक्षसँग सुत्केरी कोशेली कार्यक्रम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताइन्।

CP Hospital Dhangadhi
Attariya Hospital