भाइरल अन्जु बिश्वकर्मा र आयुसा गौतम संगै डिआर सुजनले आवाज दिएको नया गीतको सर्वाजनिकरण सम्पन्न

Image
Nisarga Hospital

बोध नलेज इन्टरटेण्डमेन्ट प्रालिको प्रस्तुतिमा बजारमा आएको लोक दोहोरी गीत “टोपी उनैको” गीतिसग्रह सार्वजनीक भएको छ। राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा राजधानीको अनामनगर स्थित सिलौटो कटेजमा सम्पन्न भएको उक्त कार्यक्रममा गीतको सार्वाजनिकरण गरिएको हो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीत संग जोडिएका कलाकार तथा अतिथि पाहुना संगै संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

CP Hospital Dhangadhi

प्रमुख अतिथि चन्द्र शर्माको बाहुलीबाट गीतको सार्वाजनिकरण गरिएको थियो। पहिल्लो समयमा गीत संगीतमा देखिएको खडेरी मेट्ने जमर्को सहित दोहोरी क्षेत्रमा आएका नया पुस्तालाई समेत मध्यनजर गरेर आफुले गीतमा संगीत गरेको सोहि गीतका गायक तथा संगीतकार डीआर सुजनले कार्यक्रममा बताए। कार्यक्रममा बोल्दै सुजन भन्छन “हामीले बाल बालिकालाई कस्तो गीत गाउन दिने भन्ने आफैले सोच्नु पर्छ ,धेरैले माया पिरतीको गीत गाउन लगाउछन यस गीतमा दुवै गायिका बाल कलाकार हुन् त्यसैले यसमा माया पिरतीको कतै शब्द मिसाएको छैन ,कम्तिमा हाम्रो गीत सुनेर लोक दोहोरी सुन्न बालबालिका प्रेरित होस् भन्ने चाहन्छौ।”

सोहि बिचमा गीतको समिक्षा गर्दै गीतकार तथा संगीतकार नरहरि प्रेमीले भने “अहिलेको अबस्थालाई बुझेर ल्याइएको यो गीतले सिंगो नया र पुराना पुस्तामा समेत जागरण बढ्छ,बालबालिकाले दोहोरी गाउँदा दोहोरी नसुन्ने पिडिले समेत दोहोरी गाउन सक्छन ,अझ बालबालिकालाई कस्तो शब्द गाउन दिने भन्ने आफै भित्र रहन्छ।” प्रेमीले आफुले पहिले पनि गीतको यसैगरी समालोचना गर्दा आफुलाई चित्त नबुझेको गीतको बिरोधनै गरेको बताए ,एउटा पुरनो घटना सम्झिदै गीत संगीतले जागरण दिन पर्ने ठाउँमा मर्न प्रेरित गर्ने खालको सृजना आएमा त्यस खालको सिर्जनामा आफ्नो खबरदारी रहेको उनि बताउछन। आफुले बिगतमा पनि एस्तो खबरदारी गरिरहेको उनको भनाइ छ। केहि दिन अगाडी अमेरिकामा आत्महत्या गरेका अर्जुन मैनालीलाई सम्झिदै पहिल्लो परिघटनाले झन् समस्या बढ्दै गएको उनि बताउछन्।

nawajiwan
Attariya Hospital

कार्यक्रमका प्रमुख अतिथि चन्द्र शर्माले पनि आफु अस्वस्थ हुदा हुदै आफुलाई मन परेको गीत सार्वाजनिकरण गर्न आउन पाउदा उत्साहित भएको बताएका छन। लामो समयपछि फेरी बिमोचन गर्ने नीति फर्किएको भन्दै शर्माले लोक संचारकर्मी नेपालको प्रशंसा समेत गरे। शर्माले भने “पहिले पहिले पनि लोक संचारकर्मी नेपाल र लोक दोहोरी प्रतिष्ठान नेपाल एकै हो ,दोहोरी क्षेत्रमानै दुबैको योगदान छ भनेर मैले भनेकै थिए लोक संचारकर्मी नेपाल बिचमा सेलाएकॊ होकी भन्ने भान भएको थियो ,मेरो कार्यकालमा निकै तातेको सस्था पनि हो अहिले फेरी नियमित कार्यक्रम गर्न थालेको देख्दा खुसि लाग्यो अब सस्थाले केहि गरेर देखाउछ भन्ने आस पनि जागेको छ ,नया गीतहरुलाई र कलाकारहरुलाई प्रोत्साहन गर्न जरुरि पनि छ।”

सोहि बिचमा गीतको प्रशंसा गर्दै शर्माले भने “डिआर सुजन राम्रो संगीत गर्ने कलाकार फेरी यस गीतको राम्रो टिम मिलेको भएर होला सृजना र स्वर संगीत सबै उत्कृष्ट बनेको रहेछ गीतले राम्रो बजार पाउने देखिएको छ टिमलाइ सुभकामना पनि छ।” सोहि बिचमा गीत भित्रकी गीतकार बोध श्रीले पनि आफ्नो मिहनत गीतमा खर्चेको बताएकी छिन। नया पुस्ता र पुराना पुस्ता संगै हुन यो गीत बजारमा ल्याएको पनि उनको भनाइ छ। कार्यक्रमको समापन गर्दै राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले गीतभित्र देखिको सबै पक्ष उत्कृष्ट भएकोले गीतले संगीत बजारमा फेरी छलाङ्ग मार्ने बताएका छन,संगीत क्षेत्रमा डिआर सुजनको भूमिका उत्कृष्ट रहेको बताउदै गौतमले गीतको पूर्ण सफलतको कामना समेत गरेका थिए।

कार्यक्रम संचालन भने लोक संचारकर्मी नेपालका उपाध्यक्ष हरि दुलालले गरेका थिए ,सस्थाका सचिब कमल सरगमले स्वागत मन्तब्य राख्दै कलाकारले सृजना बिमोचन गर्ने शैली बढेको भन्दै अन्य कलाकारहरुलाई पनि आफ्नो राम्रो सृजना भए बिमोचन गर्न आग्रह गरेका थिए। कार्यक्रममा स्नेही काखकी श्रीनेह पोखरेलले पनि गीतको सुभकामना दिएकि थिइन। बाल गायिका आयुसा गौतम र अन्जु बिश्वकर्मा संगै पत्रकार पराश भट्टराइलाइ समेत प्रमुख अतिथि र कम्पनीकी संचालिका भएर सम्मान गरेका थिए।

Advertize US