दार्चुलाको प्रकृतिको अनुपम सुन्दर गाउँ न्वालपानी पर्यटक पर्खिरहेछ (फोटो फिचर)

Image
Nisarga Hospital

न्वालपानी दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर -२सबैभन्दा दुर्गममा अवस्थित एउटा सुन्दर गाउँ हो । जुन समुद्री सतहबाट २२०० मिटरको उचाईमा अवस्थित रहेको छ । यसको सीमाना उत्तरमा महाकाली नगरपालिका संग जोडिएको छ । गाउँमा ढुङ्गाको पत्थरले छाएका र ढुङ्गा माटोले बनेका साठी वटा घरहरू टाढा टाढा छरिएर रहेका छन् ।

CP Hospital Dhangadhi
गाउँमा फुलाका गुराँसको फुलहरू

विगतमा गाउँका मानिसहरूको आम्दानीको स्रोत कृषि नै भए पनि अहिले आएर गाउँभरी जागिर खाने र अन्य पेशामा आबद्ध हुने हरूको लहर चलेको छ । साठी घर मध्ये बाट पत्रकार,शिक्षक,वकिल,व्यापारी , सुरक्षाकर्मी र निजामती गरेर गाउँको मुख्य पेशा कृषि मध्ये पछिल्लो सयम गाउँकाले अन्य पेशा अपनाउदैछन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
ओम पर्वतको दृश्य

दशै तिहार र चाडपर्वको समयमा गाउँमा चहलपहल र रौनक थपिए पनि अन्य समय भने युवाहरू गाउँघरमा कमै भेटिन्छन ।

केहि युवाहरू गाउँघर छोडेर कमाईका लागि छिमेकि मुलुक भारत तिर पस्छन भने केहि देशभित्रै आ-आफ्नो कर्मथलोमा हुन्छन ।

दमौरामा रहेको कैलपाल मन्दिर

गाउँका केहिले तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरमा घर घरेडी जोडेका छन भने केहि गाउँलेहरू गाउँमै संघर्ष गरि रहेका छन ।

न्वालपानी गाउँ मालिकार्जुन गाउँपालिकाको सबैभन्दा दुर्गम उत्तरी सीमानाको अन्तिम गाउँ हो । जहा गाउँको सिरान र पुर्वी क्षेत्रमा जंगल क्षेत्र रहेको छ । घोरल,रतुवा,थार ,जरायो ,बदेल जस्ता जंगली जनावरहरू पाईने उक्त जंगल क्षेत्र अहिले संरक्षणको अभावमा मानवीय अतिक्रमणको जोखिममा रहेको छ । गाउँको पुर्व तर्फ शैल्यशिखर मालिकार्जुन धाम रहेको छ ।

शैल्यशिखर घाम समेत देखिने गरि खिचिएको भगवती मन्दिरको फोटो

सडक बाटोले नछोएको ,बिजुली वत्ती नभएको र हिउँदे याममा पिउने पानीको समेत अभाव झेल्नुपर्ने गाउँ अहिले पर्यटकिय गन्तव्य बन्ने प्रचुर सम्भावना भित्र पर्दछ ।

सारथी एफएमको टावरमा हिउ परेको दृश्य

गाउँको सिरनामा पुरै मैदानी फाट परेको सुन्दर दमौरा क्षेत्र,पश्चिम कुनाको उच्चो चुचुरो परेको भागमा लहरै टेलिफोन र एफएम रेडियोहरूका पाँच वटा टावरहरू , उत्तर पश्चिम तर्फ घाप र असिगाडाका हरिया फाटहरू तथा तिनै फाटको किनारै किनार भए र आफ्नै वेगमा अविरल बगिरहेको सुन्दर र शान्त महाकाली नदि , पुर्व देखि उत्तर पश्चिममा रहेको घना वन क्षेत्रमा लहरै फुल्ने लालीगुराँस,व्यास ,उत्तर पश्चिममा देखिने ओम पर्वत क्षेत्रको सेताम्मे हिमालयन तथा उत्तर पुर्वी क्षेत्रमा अपि र नाम्पा हिमालका सेता टाकुराहरूको दृश्यले उक्त ठाउँमा पुग्ने जोकोही लाई पनि मनमोहक पार्ने गर्दछ ।

महाकाली नदि

अहिले उक्त गाउँको खानेपानीको समस्या समाधान गर्नको लागि एसियाकै ठुलो सोलार लिफ्टिङ बाट तीन किलोमिटर तल खुनाको पानी लगेर गाउँमा बितरण गरिएको छ । मालिकार्जुन बाट ग्रामीण सडक सञ्जालमा जोड्ने कार्य पनि तिब्र रूपले भैरहेको छ । चार किलोमिटर सडक खन्न बाँकी रहेको छ भने सात किलोमिटर सडक खनिएको छ ।
विधुतिकरणका लागि ठेक्का भएर काम भैरहेको छ ।

न्वालपानी बिगतमा दार्चुला सदरमुकाम आउने जाने व्यक्तिहरूको जाँदा र फर्किदा बास बस्ने ठाउँ मध्येको एउटा गाउँ हो । जाँदा बिहानै उठेर हिड्दा दिउसो सदरमुकाम पुगिने र फर्किदा दार्चुला सदरमुकाम बाट हिडेर साझ पुगिने भएकोले धेरै बटुवाको बास बस्ने उपयुक्त बास बस्ने ठाउँ मध्येको एक ठाउँ न्वालपानी हो ।

महात्माको समाधी स्थलमा सम्मान स्वरूप चढाईएका ढुङ्गाहरू

गाउँका बुढ्यौलीको सम्झनामा बझाङ, बैतडी सम्मका मान्छेहरूलाई बास बस्न दिएको र फर्किदा आषिश दिएर जाने गरेको सम्झनाहरू ताजै छन । पछिल्लो समय सडकको बाटो खुलेपछि मान्छेहरूको आवत जावत निकै कम हुँदै गयो भने दैनिक सयौं मान्छेहरू ओहोरदोहोर गर्ने बाटाहरू समेत घासले पुरिएर जंगलमा परिणत हुँदै गएका छन् ।

मिठो दुध दहि पाईने ,चिसो हावापानी भएको,सुन्दर,शान्त र रमणीय स्थलको रूपमा रहेको न्वालपानी लाई पर्यटकिय दृष्टिले विकास गर्न सकेमा गाउँलेहरूले समेत आय आर्जनको अवसर प्राप्त गर्ने छन भने उक्त ठाउँको समेत विकासमा टेवा पुग्ने थियो ।

दमौरा मैदान

बि.स.१९७२  तीर एक जना महात्मा (सन्त) उक्त गाउँको माथी कुटि बनाएर बस्ने गरेको र बर्खाको समयमा जुका लाग्ने भएकोले ती महात्माले जुकाहरूलाई जति खान्छौ खाउ भन्दै टोक्न दिएपछि जुकाहरूले रगत चुसेर नै ती महात्माले प्राण त्यागेको किम्बदन्ती रहेको छ ।

जहा नजिकै बाटोमा ती महात्माको समाधी स्थल रहेको ठाउँमा बटुवाले आवतजावत गर्दा ती महात्माको सम्मानमा समाधी स्थलमा एउटा ढुङ्गा चढाउने प्रचलन रहेको र उक्त क्षेत्रमा अहिले पनि ढुङ्गाको थुप्रो रहेको देख्न सकिन्छ। ती महात्माले बनाएको कुटिको अवशेष मात्रै भेटिन्छ भने शिवालय अझै देख्न सकिन्छ।

युवाहरूले संरक्षण र रङ्गरोगन गरेको प्राचिन शिवालय

उक्त शिवालय लाई यस बर्षको शिवरात्रीको अवसरमा गाउँकै युवाहरूले आफ्नै पहलमा उक्त शिवालयमा रंगरोगन तथा सरफाई गरेर ऐतिहासिक शिवालयको संरक्षणका लागि पहल थालेका छन् ।
गाउँका केहि युवाहरू मिलेर उक्त ऐतिहासिक शिवालयको संरक्षण गर्न सकेमा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने युवाहरूको बुझाई रहेको छ ।

दमौरा मैदानको बीच भागमा करिब तीस पैतिस बर्ष पहिले स्थापित कैलपालको मन्दिर रहेको छ । गाउँको सबैभन्दा उचाईमा भगवती माताको मन्दिर समेत रहेको छ । जुन चार पाँच बर्ष पहिले स्थापना गरिएको थियो ।
अब सडक सञ्जालमा जोडिएपछि मालिकार्जुन बाट बाह्र किलोमिटरको यात्रा गरेपछि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गाउँ न्वालपानी पुग्न सकिन्छ भने घाप बाट तिन घण्टाको निरन्तर उकालो चढेपछि न्वालपानी पुग्न सकिन्छ।

दमौरामा रहेको कैलपाल मन्दिर

गाउँमा रहेका ती शिवालय मठमन्दिरहरूको संरक्षण ,जंगल र वन्यजन्तुको संरक्षण, पर्यटकिय पुर्वाधारको विकास र प्रचार प्रसार गर्दै आन्तरिक पर्यटन लाई प्रवर्द्धन गर्न सकेमा गाउँको पर्यटकिय विकास संगै आर्थिक विकासमा टेवा पुग्ने बुझाई गाउँका मानिसहरूको रहेको छ ।

नेपाल टेलिकमको टावर

अहिले फाट्ट फुट्ट नजिकका गाउँहरूबाट घुम्नकै लागि मानिसहरू आउने गरेको पाईन्छ । न्वालपानीको पर्यटकिय विकासका लागि पर्या पर्यटन,धार्मिक पर्यटन,कृषि पर्यटन तथा नेचुरल मेडिटेसन संग जोडेर पनि विकास गर्न सकिन्छ। जसका लागि पर्यटन लक्षित पुर्वाधारको विकासका लागि स्थानीय सरकार तथा स्थानीय बासिन्दा समेतको सहकार्यमा सुनौलो पर्यटकिय भविष्य बोकेको गाउँमा आन्तरिक पर्यटन भित्र्याउदै आय आर्जन गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

तर हाल सम्म पर्यटकिय विकासको दृष्टिले स्थानीय सरकार तथा स्थानीय बासिन्दा समेतले कुनै पहल र प्रयास नगरेको भए पनि निकट भविष्यमै सडक सञ्जालमा जोडिए पछि पिकनिक स्पट साथै नाईट स्टे ,क्याम्प फायर लगायतका बिभिन्न स्किमका पर्यटकिय क्रियाकलाप मार्फत सुन्दर गाउँलाई पर्यटन संग जोडेर गाउँको समृद्धि विकासको नया मार्ग कोर्न सकिन्छ।

Dhnagadhi & Krishanapur