रोजगारीको सृजना गर्न सिप सिकाउदै बझाङको सुर्मा गाउँपालिका

Image
Nisarga Hospital

बझाङ: सुर्मा गाउँपालिका वडा नम्बर १ की विष्ना देवि बोहराको १४ जनाको परिवार छ । उनको घरमा आयस्रोतको माद्याम भने केहि पनी छैन । एक छाकको जोहो गर्नका लागी खेती किसानी र मजदुरीमा भरपर्नु पर्ने बाध्यात्मक परिस्थिती उनको परिवारको छ । यो बाध्यात्मक परिस्थिती उनको परिवारको मात्रै नभई सुर्मा गाउँपालिका वडा नम्बर १ देखी ५ सम्मका अधिकांश नागरीकको परिस्थिती हो । पाखो जमिन भएका कारण कृर्षि बाट बर्षभरी खानलाई समेत पुग्दैन । जसका कारण विभिन्न ब्याक्तीहरु मजदुरी गरेर भएपनी जीविका भने चलाउदै आएका छन् ।

CP Hospital Dhangadhi


यो समस्या बाट छुटकारा पाउनका लागी विस्ना देवि बोहरा अहिले पालिकाले दिने अल्लो प्रशोधन सम्बन्धि सिप मुलक तालिममा सक्रिय बन्नु भएको छ । विस्ना बोहरा भन्छिन्, ‘सुर्मा गाउँपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेको लेक (जंगल)मा पाईने यार्सा गुम्बा तथा अन्य जडिबुटी हो । यार्सा गुम्बा र जडीबुटी कहिले पाईने कहिले नपाईने हुन्छ । यसको कुनै भर छैन । कुनै बर्ष सोचे भन्दा बढी संकलन गर्न सकिने र कुनै बर्ष रित्तो हात घर फर्कीनु पर्ने हुन्छ । मेरो घरमा १४ जनाको परिवार छ । घरमा कसैको पनी आयस्रोत छैन । खेतबारी बाट उब्जनी भएको अन्नले ३ महिना लाई पनी खान पुग्दैन । बाँकी समय लेकमा गएर जडीबुटी संकलन गरेर वा विभिन्न मजदुरीको काम गरेर एक छाकको जोहो, लत्ता कपडा, केटा केटीलाई शैक्षिक सामाग्री तथा घराँयसी खर्चको जोहो गर्नु पर्ने हुन्छ । केही काम गर्नका लागी आफु संग सिप समेत नभएका कारण धेरै समस्या झेल्नु परेको बोहराले बताईन् । उनले भनिन्, अहिले पालिकाले अल्लो प्रशोधन सम्बन्धि तालिम दिन सुरु गरेको छ । यो सिप सिकेर आफु आत्म निर्भर बन्ने लक्ष्य रहेको बताईन्’।


उनी मात्रै नभएर सृजना बोहरा समेत बेरोजगार छिन् । उनको घरमा समेत ७ जनाको परिवार छ । विस्नाको जस्तै सृजनाको पनी घरमा आयस्रोतको माद्याम भने केही छैन । पाखो जमिन भएका कारण खेतबारी बाट उत्पादन भएको अन्नले बर्ष भरी खान पुग्दैन । सृजना बोहरा भन्छिन्, ‘अहिले हामिले परनिर्भर भएर जीविका चलाउनु पर्ने बाध्यता छ । आफु संग कुनैपनी कुराको सिप नभएका कारण म जस्तै यहाँका धेरै जस्तो महिला र पुरुषहरुले पर निर्भर बन्नु परेको छ् । पालिकाले दिएको अल्लो प्रशोधन तालिम बाट सिप आर्जन गरेर गाउँ घरमा नै आफुहरु स्वरोजगार तथा आत्मनिर्भर बन्न सक्ने दृढता आफुमा रहेको सुनाईन् । सिप नभएर मात्रै खालि हात बस्नु परेको थियो । हाम्रो बनजंगल र घरको वरपर धेरै अल्लो पाईन्छ । जो बर्षै पिक्ष खेर गएको हुन्छ । सिप सकेर अल्लो बाट विभिन्न सामाग्री उत्पादन गर्न सके घरमै बसेर आयआर्जन गर्न सकिने बताईन्’।

nawajiwan
Attariya Hospital


उनि जस्तै वडा नम्बर १ कै जमुना खत्रि बोहरा लगायतका ९जना महिला ३ जना पुरुष गरी १२ जनालाई अल्लो प्रशोधन सम्बन्धि सिप सिकाएर आत्म निर्भर बनाउने लक्ष्यका साथ आफुहरु अघि बढेका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बोहराले बताए । एक महिना सम्म संचालन हुने यो सिप मुलक तालिम पछी थप सहयोग गर्न वडा र पालिका उनीहरुको साथमा रहेको बोहराले बताए ।

गाउँपालिकाका अध्यक्ष खडक बहादुर बोहराले आज भन्दा ५ पुस्ता अघि सम्म पनी अल्लो र गाँजाको बोट बाटधागो निकालेर चर्कामा कातेर(कपडा बुन्नका लागी काठ बाट घरमै तयार पारीको सामाग्री) महिलाहरुले दाँतको प्रयोग गरी बल्लो (महिला वा पुरुषले पुरै शरि ढाक्ने गरी लगाउने कपडा) तथा अन्य कपडाहरु समेत गाउँमा नै उत्पादन गरेको बताए । उनले भने,‘त्यती बेला लुगा कपडा भाँगो र अल्लोको बोट बाट नै बनाउने चलन थियो । त्यो पुर्ण रुपमा हराएको छ । अब अहिले विभिन्न औजारहरुको आविष्कार भएका कारण र कच्चा पदार्थ आफ्नै गाउँ ठाउँमा पाईने भएकाले यसको उत्पादन गर्न सके बजारको पनी प्रचुर सम्भावना रहेका कारण पालिकाले सिप सिकाएर यहाँका नागरीकहरुलाई आत्मनिर्भर गर्ने उदेश्यले यो तालिम संचालन गरीएको बताए । साथै उनले सबै भन्दा बढी अल्लो संकलन गर्ने स्थानीयलाई पालिकाले पुरस्कार समेत प्रदान गर्ने बताए । उक्त अल्लो पालिकाले नै खरिद गर्ने भएकाले कच्चा पदार्थ संकलन गरी सिप सिकेर आत्म निर्भर बन्नका लागी तालिममा सहाभागीहरुलाई सुझाब दिए । उनले आफु संग सिप भएको खण्डमा जुन सुकै ठाउँमा गएपनी भोक भोकै बस्न नपर्ने कठोर मजदुरी गरेर जीविका चलाउन नपर्ने बताए’।