आईपीएल क्रिकेटको पहिलो खेलमा बैंग्लुरु लाई चेन्नईले ६ विकेटले पराजित

Image
Nisarga Hospital

चेन्नई: इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गरेको छ । चेन्नईले ६ विकेटको जीत हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

CP Hospital Dhangadhi

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ बलमा भेट्टाएको हो। आठ बल खेल्न बाँकी हुँदै चेन्नईले चार विकेटको क्षतिमा १७६ रन बनाउँदै आईपिएलको यो सिजनको पहिलो जित निकालेको हो।

चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । चेन्नईका शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए । चेन्नईको इनिङलाई कमजोर पार्न बैंग्लोरका क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले १/१ विकेट लिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए । अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे । चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए ।

Dhnagadhi & Krishanapur