श्री मालिकार्जुन दार्चुला सेवा समितिकाे हाेली विशेष कार्यक्रम

Image
Nisarga Hospital

सेवा समितिकाे हाेली भनेर नाम जाेडिएपनि हाेलीकाे सुरुवात, महत्त्व आदि कुराहरू पनि उल्लेख गर्नु सान्दर्भिक हुन्छ । हाम्राे यस समितिका विभिन्न कार्यक्रमहरूमा कुनै पार्टी, जातजाति, पेशा व्यावसायकाे भेदभाव नहुने कुरा जानकारी गराउन चाहन्छु । होली हिन्दु संस्कृतिमा प्रत्येक वर्षको फाल्गुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । जब ऋतुराज वसन्तको पुनरागमन हुन्छ, प्रकृति हराभरा भइ मुस्कुराउन थाल्छिन्, चराहरूकाे चिरबिर अावाज, ढकमक्क फुलेका फूल तथा पालुवाहरूले सु-सज्जित वरिपरीको पूूरै वातावरण रमणीय देखिन थाल्छ । अझ संगीतका पारखीहरू राग वसन्तमा आलाप, तान, हारमाेनियम, मादल, ढाेलक, मिजरा तथा ठुमरीका मीठा धुनहरू गुञ्जाउन थाल्छन् र शिशिरबाट कठ्याङ्ग्रिएको जाडो न्यानो हुन थाल्छ, पूर्ण आशा र उमङ्गका साथ नयाँ वर्षका शुभ संकेतहरू देखा पर्न थाल्छन् । अनि फाल्गुन शुक्ल अष्टमीदेखि प्रत्येकका घरआँगनमा फागु महोत्सव देखापर्न थाल्छ । हिन्दु धर्मावलम्बीहरुले समय समयमा विभिन्न धार्मिक तथा साँस्कृतिक चाडपर्वहरु हर्साेल्लासका साथ मनाउँदै आएका छन् ।

CP Hospital Dhangadhi

नेपालीहरूकाे महान चाड वडादशैं, भाइटिका, वसन्त पञ्चमी, फागु पूर्णिमा, गाेंरापर्व आदि प्रमुख चाडपर्व हुन । यी चाडपर्वहरु मध्ये हाेली पनि वसन्त ऋतुकाे आगमनसंगै एक विशेष उमंगले भरिएकाे रङ्गै रङ्गकाे चाड हाे । तर विभिन्न चाडहरू मनाउने क्रममा केही बिकृति बिसंगति पनि नभित्रीएका भने हाेइन । हाेलीमा विभिन्न रङहरू दल्नु, रङ्गीन घाेलले भिज्नु भिजाउनु, हाेली सम्वन्धी गीतहरू गाएर नाच्दै रमाइलो गर्नु सम्म त जाे काेहीलाई पनि मन पर्न सक्छ । तर अरुकाे ईच्छा विपरित हिलाे छ्याप्ने, लाेला हान्ने, अण्डा फुटाउने, अनावश्यकरुपमा पुरै शरीरमा रङ, हिलाे छ्याप्ने,गाँजा, भाङ, चरेस तथा मादक पदार्थ सेवनगरेर अश्लिल शब्द प्रयाेग गर्दै चेलीबेटीहरू लक्षित कृयाकलापहरू गर्नु कदापि हाम्राे सामाजिक मूल्य मान्यता अनुकूल भने हुन सक्दैन । हाेली सम्बन्धी यीं मेरा बिचारहरू पढ्दै गर्दा पाठकहरूलाई हाेली मनाउनुकाे कारण बारे पनि जिज्ञासा हुन सक्छ । अत: पाठककाे जिज्ञासालाई समेत ध्यानमा राखी मैले जानेका, सुनेका र पढेका कुराहरूकाे आधारमा हाेली सम्बन्धी केही जानकारी यहाँहरू समक्ष पेश गर्ने जमर्काे गरेकाे छु ।

कला र संस्कृतिले भरिएको नेपालमा विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । फागु पुर्णिमाको रुपमा पनि लिने होली पर्व विशेषतः हिन्दु धर्म मान्नेहरु मनाउने गर्छन् । तर नेपालमा पछिल्लो समय होली पर्वलाई रमाइलो तरिकाले मनाउने गरेका छन् । होली हिन्दु संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दुहरूको एउटा महत्त्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । हिन्दु धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराईमा होली मनाइन्छ । नेपालको विशेष शहरहरू काठमाण्डाै, पोखरा, धरान, भरतपुर, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । नेपालका गाँउहरूमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । वर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र ? होलीमा आजका युवाहरु इच्छा बिपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मान्न सकिदैन । नेपालका मुख्य शहरहरूमा होलीका लागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ।

हिन्दु संस्कृति अनुसार हाेलीकाे इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिएकाे छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएकोले त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्नकाेलागि कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । याे चाडले वसन्त ऋतुको आगमनको शङ्केत गर्दछ । होली रङ्गहरूको चाड हो ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक सुमधुर सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी मनमुटावलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

यसरी हामी पनि साथीभाइ, इष्टमित्र, सहकर्मी, छरछिमेक सबै मिलेर एक आपसमा खुशियाली बाँड्दै सभ्य र भव्य तरिकाले उमंगका साथ पुरानाे वैमनष्यता, कटुता बिर्सेर रमेर रङ्गकाे हाेली खेलाैं । वसन्त ऋतु र नयाँ वर्षकाे आगमन संगै यस वर्षकाे हाेली सफल पाराैं । सधैं झैं यस वर्षपनि श्री मालिकार्जुन दार्चुला सेवा समितिले पनि विशेषगरी मूलघर दार्चुलाभई हाल धनगढी उपमहानगरपालिका भित्र बसाेबास गरिरहेका दार्चुलेलीहरूकाे घरआगनमा हाेली खेल्ने कार्यक्रम राखेकाे छ । यस वर्ष २०८० काे हाेलीलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सबैले सहयाेग गराैंभन्ने मेराे व्यक्तिगत अपिल सहित हाेलीकाे शुभकामना व्यक्त गर्दछु । असत्य माथि सत्यकाे विजय हाेस । सबैका दु:ख, पीडा, राेगव्याधी हटेर जाउन । यस वर्षकाे हाेलीकाे पुन: सबै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस धनगढी

Dhnagadhi & Krishanapur