सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय द्वारा निःशुल्क स्वास्थ्य शिविर

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय द्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार धनगढीमा जेष्ठ नागरिक जिल्ला संघको १० औँ साधारणसभाको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

शिविरमा पुरुष २५ र महिला ६५ गरी ९० जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । स्वास्थ्य परीक्षण कार्यक्रममा जेष्ठ नागरिकका लागि रसायन (भिटामिन), अमृत चिया, शिलाजीत, अशोगन्धा लगायत अन्य रोग अनुसारका औषधि निःशुल्क वितरण गरीएको थियो भने ,सुगर  र प्रेसर पनि चेक गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले वताए ।
डा. विजय पूरी लगायत ५ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका हुन। धनगढी उपमहानगरपालिका वडा. २ को रामजानकी मन्दीरमा शिविर भएको हो । साधारण सभाले जेष्ठ नागरिक कुलबहादुर हमालको नेतृत्वमा ११ सदस्यीय जेष्ठ नागरिक जिल्ला संघ पनि चयन गरेको थियो ।

nawajiwan