मुक्तक- मध्यरातमा मजा संग झुम्न पाए पो मजा

Image
Nisarga Hospital

मुक्तक १
झलमल्ल जवानी अनुहारमा चमक रोशनी हुनुपर्छ
मिठा बात एक अर्काको बोलिमा मोहनी हुनुपर्छ
प्रेमिल जिन्दगी जिउनुको तब पो मज्जा आउँछ
झुम्म प्यार हुनुपर्छ थोरै थोरै रोमाञ्च पनि हुनुपर्छ

CP Hospital Dhangadhi

मुक्तक २
कहिले छोड्ने छैन तिमिलाइ राखुँला साथैमा
प्रीय मान्छे बसौली आँडैमा मोहि खाउली गालैमा
आउन एकपल भएपनी मेरो नजिक भएर त हेर
मज्जासंग ओठमा ओठ चुमौली बसेर काखैमा

मुक्तक ३
झ्यालबाट हेरिहेरी रात बिताए हिजो राती पनि
दुखी मनलाइ सम्झाए बुझाए हिजो राती पनि
तिमी आउँछु आउँछु भन्यौ बेस्सरी ढाँट्यौ
म कत्ती तड्पिए छट्पटाए हिजो राती पनि

nawajiwan
Attariya Hospital

मुक्तक ४
प्रेमिल बातहरु संगै डुल्न घुम्न पाए पो मजा
ओठमा ओठ मिलाएर अरे चुम्न पाए पो मजा
आफ्नो प्रेमीसंग रसपानको दुनियामा पौडीएर
मध्य रातमा मजासंग रम्न झुम्न पाए पो मजा

मुक्तक ५
मत सोच्ने थिएन यो चंचल मन सोचिहाल्छ
तिम्रो जल्दोबल्दो जवानी यौवन सोचिहाल्छ
तिमी र म सुस्त सुस्त गतिमा छेउछाउमा आएर
अंगालोमा बाँधिएर बसेको झन सोचिहाल्छु

पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी