राजेश स्पन्दनको गजल

Image
Nisarga Hospital

तपाईं मान्नुहुन्छ, जुर्मराएर एउटा काम गर्नुस
आफू निदाउनुस, अरुको नीद हराम गर्नुस ।

CP Hospital Dhangadhi

ननिको चालाले मनमा खोट मात्र नराख्नुस्,
भनेको मान्नुहुन्छ? प्रेममा थोरै बिराम गर्नुस

कति लगलग काम्नुहुन्छ प्रियका अगि पर्दा
घुल्नुस एउटै रंगमा, यो प्रेम बदनाम गर्नुस

नगर्नुस दुनियाँसंग लुकेर कहिल्यै प्रेम कतै
जे गर्नुछ यहाँ मन खोलेर सारेयाम गर्नुस ।

किन राख्नु उनिप्रतिको यो प्रेमलाइ मनमा
राखिदिनोस प्रस्ताव, थोरै तामझाम गर्नुस

✍️✍️राजेश स्पन्दन, भक्तपुर