
हरेक नेपाली जनको मनमुटुमा
बसन्त ऋतुको आगमन होस्
यो नयाँ वर्षमा
मन मयुर नाचुन
न्याउली चरीले खुशीको गीत गाउन
यो नयाँ वर्षमा
भ्रष्टाचारीहरु विलय होस
सदाचारीहरुको आगमन होस्
यो नयाँ वर्षमा
नेपाल आमा दुखी नहुनु
दुखी गरिब जन पीडामा नपरुन
यो नयाँ वर्षमा
बलात्कार भ्रष्टाचारको जरो मासिउन
पिडितले न्याय पाउन
जनताले सोचेजस्तो विकास होस्
देशमा सुख शान्ति छाअोस छाओस्
यो नयाँ वर्षमा
मेरो यही छ भावना
यही चाहना
शुभकामना
शुभकामना !
यो नयाँ वर्षको ।

✍️✍️सुमन धमला
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा




























