
१
बच्चाको जिद्दी सँग कसैले सक्दैन
सोझो मान्छेको रिस सँग कसैले सक्दैन
प्रेमिल जोडिको प्रेम सँग कसैले सक्दैन
चोरको झुट सँग कसैले सक्दैन
अदिन काल मृत्यु सँग कसैले सक्दैन
नेताको भासण सँग कसैले सक्दैन
नेपालको भ्रस्टाचार सँग कसैले सक्दैन
हावाहुरी ,बाढि पहिरो
,भुइचालो सँग कसैले सक्दैन
मुर्ख सँग कसैले सक्दैन !

२
मुखिया जि ,
मेरो,बुढा बा हिड्न सक्दैनन् एउटा गाडी किनिदिनुस् ,
एक दुई जोर कपडा पनि ल्याइदिनुस् ,
अन्नपात रासन सबै गरिदिनुस् ,
तपाइहरु त धनी हुनुहुन्छ ,
दुई चार लाख घर खर्च पनि जुटाइदिनुस्,
तपाईंहरुको धर्म नै होला
मेरा बुढा बा लाई तराइ बस्ने सारै रहर छ ,
तपाइहरुको त थुप्रै जग्गा जमिन छ
एक दुइ कट्टा घरेडि मेरो बुढा बा को
नाममा गरिदिनुस्,
मलाइ केही षड्यन्त्र रचेर जेल पठाइदिनुस्!!!
पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी




























