
भनौँ त के घमण्डले भरिएको पनि साहित्यकार हुन्छ,
आफुलाई कवि भन्नेहरूको यस्तो पनि व्यबहार हुन्छ।
आश्चार्य हुन्छु म आफै देखेर चालचलन यिनिहरूको,
हाम्रो समाजमा कला र सिपको पनि व्यापार हचन्ज।
यहाँ सबथोक विक्रिमा हुन्छ सरकार नै रखेल बन्यो,
पैसा प्रधान समाज भित्र पैसाको लागि गद्धार हुन्छ।
बतास नलागेको रूख कहाँ हुन्छर बन जञ्गल भरी,
सबैलाई उस्तै हो धन र पैसा सँग अघात प्यार र्य हुन्छ।
आस नै आसमा यो जिन्दगीले स्वास छाडेर जाने.हो,
स्वास चल्दा सम्म जिउँनलाई आस नै आधार हुन्छु
गरिबहरू खान लगाउँनलाई साररिक परिश्रम गर्दा,
शोशक उनैलाई लुट्ने दाउँमा आजको संसार हुन्छ।

॥१॥
उसले सबैलाई घमण्डी र मुर्ख वेइमान भन्छ,
सधै आफुलाई मात्र सपुत्र देशकै महान भन्छ।
थाहा छ आकास तर्फ फर्कि थुकिरहेको पनि,
पानी माथिको ओबानो तर देशकै शान भन्छ।
रवी सँग लुकी बसेको कवि सँग कहाँ सक्थ्यो,
आफै डिलर भ्रष्टाचारको जताततै दोकान भन्छ।
शुभकामना देशभक्तहरू सबैलाई नयाँ वर्षको,
जस्ले आफुलाई व्यवहारमै देशको परान भन्छ।
भर कत्ति नपर्नु आफुलाई नेता भनौदाहरू को,
जसले बिकासको सट्टा भाषणमा उखान भन्छ।
श्रम सम्झौता गरेर युवा पठाउँछ खाडिमा अनि,
देशभित्र रोजगारको थाई भयो समाधान भन्छ।
अपराधी आफै भ्रष्टाचारी आफै र वेइमान आफै,
राक्षश भन्दा कम्सल छैन अरूलाई सैतान भन्छ।


॥२॥
घमण्ड रहित हुनैपर्छ सधै साहित्यकार देशमा,
यिनै हुँन् समाज परिवर्तनका कर्णधार देशमा।
धुरिखाँबा बलिया भएपछि घर सुरक्षित् हुन्छ,
तर छाडेन घुन र पुत्ला लाग्ने व्यवहार देशमा।
अहंकारले चुर भयो किन यही साहित्य जगत,
जसको शब्दले नै डाक्नु पर्थ्यो संसार देशमा।
हुनुपर्छ समाजमा देशभक्तीको कदर सधैं भरि,
शहीदकै पनि अवमूल्यन हुन्छ लगातार देशमा।
परिश्रम नगरेका समेत सम्मानित हँन्छन् यहा,
एउटै घरभित्र आपसमा हन्छ तकरार देशमा।
एउटा नागरिकले अस्सी हजार तिर्नैपर्छ याहाँ,
देश बेचेर खान लुकेक हुन्छन् खुँखार देशम।
सुरेशकुमार पाण्डे दाङ घोराही १८





























