नेपाली बजारमा सुनको मूल्य घट्यो ! तोलामै २ हजार बढी, सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सय रपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८सय निर्धारण भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

CP Hospital Dhangadhi

यस्तै, तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार १५० निर्धारण भएको हो ।

Attariya Hospital

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार ७ सय निर्धारण भएको छ ।शुक्रबार चाँदी प्रतितोला रु एक हजार ७ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ५० रुपैयाँले घटेको छ ।

nawajiwan