धनगढीको स्टेपिङ स्टोन इङ्लिस स्कूलद्वारा बाजुराको विद्यालयलाई पोशाक सहयोग

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको धनगढी उपमहानगरपालिका–२ मा रहेको स्टेपिङ स्टोन इङ्लिस स्कूलले बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेको विद्यालयलाई पोशाक सहयोग गरेको छ ।

CP Hospital Dhangadhi

आईतबार खप्तड छेडेदह गाउँपालिका वडा नं. ५ मा रहेको बाल विकास आधारभूत विद्यालयका ६५ जना विद्यार्थीलाई टि–सर्ट (पोशाक) वितरण गरेको हो । नयाँ वर्षको अवसरमा स्टेपिङ स्टोनले टि–सर्ट वितरण गरेको जनाएको छ ।

बाजुरा जस्तो दुर्गम जिल्लामा अध्ययनत विद्यार्थीहरुलाई केहि भए पनि राहत हुने उदेश्यका साथ टि–सर्ट सहयोग गरेको स्टेपिङ स्टोन रामजी हमाल बताए । सामाजिक कार्य अन्तरगत हरेक बर्ष केहि न केहि कार्य गर्दै आएको उनले बताए । ‘नीजि विद्यालयहरुले शिक्षाका साथ साथै विभिन्न ठाउँमा सामाजिक कार्यहरु पनि गरेका छौँ’, हमालले भने । ‘तर, राज्यले नीजि विद्यालयप्रति हेर्ने नजर भने सुधार हुन सकेको छैन् ।

nawajiwan
Attariya Hospital

बाल विकास आधारभूत विद्यालयमा मैले नै अक्षरारम्भ गरेको आज त्यसै विद्यालयमा टि–सर्ट बाढ्न पाउँदौ औधी खुशी भएको यस पाली स्टेपिङ स्टोन इङ्लिस स्कूलबाट एसईइ दिएका विद्यार्थी सुनिल बुढाले बताए ।

धनगढीको नीजि विद्यालयले बाजुरा जिल्लामा पुगेर विद्यार्थीलाई टि–सर्ट दिँदा खुशी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बुढाले बताए । विद्यालयमा टि–सर्ट दिनमा विद्यार्थी सुनिल बुढाले सहजीकरण गरेका हुन् ।