धनगढीमा नमुना विद्यालयका शिक्षकहरूको तालिम सुरू

Image
Nisarga Hospital

धनगढी: धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका विद्यालयका शिक्षकहरूको तालिम सुरू भएको छ। सोमवारबाट शिक्षकहरूको पाँच दिने तालिम सुरू भएको हो।

CP Hospital Dhangadhi

काठमाडौं विश्वविद्यालयको ट्रेनिङ अफ स्कुलले धनगढीका ८७ जना शिक्षक-शिक्षिकाहरूलाई तालिम दिने छ। डाक्टर पार्वती ढुङ्गानाको संयोजकत्वमा आएको चार जनाको विज्ञ टोलीले शिक्षकहरूको पेशागत क्षमता बढाउन तालिम दिनेछन्।

पाँच दिनसम्म हुने तालिममा शिक्षण सिकाइ क्रियाकलाप, शैक्षिक सामग्री निर्माण र अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी तालिम प्रदान गरिने नगर प्रमुखको सचिवालय प्रमुख कृपाराम उपाध्यायले बताए।

nawajiwan
Attariya Hospital

पाँच दिन चल्ने तालिममा पाँच वटा नमुना विद्यालयका शिक्षक-शिक्षिकाका अलावा अन्य विद्यालयका बालविकास सहजकर्ताहरूको पनि सहभागिता रहेको छ।

पाँच दिने तालिममा सहभागी शिक्षक-शिक्षिकाहरूलाई तीन समूहमा विभाजन गरेर प्रशिक्षण दिने काम भइरहेको सचिवालय प्रमुख उपाध्यायले बताए। बालविकासदेखि कक्षा ३ सम्मको एउटा समूह, कक्षा ४-७ सम्मा अर्को र कक्षा ८-१२ सम्मको तेस्रो समूह निर्माण गरेर प्रशिक्षण दिने काम भइरहेको उपाध्यायले बताए।

तालिम पश्चात् प्रभावकारी ढङ्गले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न, स्थानीय स्रोत साधनवाट शैक्षिक सामग्री निर्माण गर्न र अङ्ग्रेजी विषय शिक्षण गर्न शिक्षकहरूलाई थप सीप र क्षमता हासिल हुने विश्वास गरिएको छ।