
धनगढी: भारतको पुणे देखी धनगढी आउदै गरेको दुर्घटना भएको बसका घाईते माध्य दुई जनाको मृत्यु भएको छ । २३ जना घाईतको पनि पहिचान खुलेको छ । सबै जना सुदूरपश्चिका रहेको बताईएको छ ।

मृतक अछाम कमलबजार २ बजुडाका ४० बर्षिय लालबहादुर खड्का र अछाम कमलबजार २ बजुडाका ४० बर्षिय लालबहादुर खड्का र ढकारी ३ अछामकी ५८ बर्षिया धना कामी बताईएको छ । अन्य दुई जना गम्भीर घाईते भएका छन् ।एक जना महिला रहेको बताईएको छ । महिलाको अहिले पनि सनाखत हुन सकेको छैन । ति महिलाको ठेगाना खुलेको छैन । अन्य दुई जना गम्भीर घाईते भएका छन् । उनीहरुको पुणे स्थित मालेगाँउका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
धनगढी आउदै गरेको भारतको नासिक स्थीत माले गाँउमा सोमवार बिहान ९ बजे यात्रुबहाक बस दुर्घटना भएको थियो । २३ जना घाईते भएका थिए । घाईतेको बिस्तृत ठेगाना नखुलेपनि नाम मात्रै खुलेको छ ।


घाईते हुने नेपालीमा मानसिह बिक, विरबहादुर बिक, धनबहादुर कामी, मोहन परियार, प्रियंका साहु, भरत जोशी, दिपा शर्मा, मानसी विश्वकर्मा, प्रितम रसायली, पञ्चकली विश्वकर्मा, सोनु परियार, सलोनी सुनार, सन्दीप सुनार, मदनसिह सुनार, दिलबहादुर सुनार, शिब परियार, श्याम चौधरी, मोहन परियार, धन कामी, सरस्वती बिक, तपेन्द्र बिक, राजमती साँहुु र दिनेश साँहु घाईते भएका छन् ।
एक सय १० जना सबार बस ओभर ट्याग गर्दा दुर्घटना भएको बताईएको छ । आईतवार भारतको पुणे देखी आएको बस सोमवार बिहान दुर्घटना भएको हो । अहिले घाईतेको उपचार भैरहेको बताईएको छ ।





























