बैतडीमा काका द्वारा भतिजी बलात्कार, गर्भवती पछि हत्या

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बैतडीमा भतिजी नाता पर्ने एक किशोरीमाथि पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पुर्चौडी नगरपालिकाकी १७ वर्षीया किशोरीलाई पटकपटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उनका काका पर्ने ३० वर्षीय युवक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले दिएको जानकारीअनुसार मृतक किशोरी चैत २८ गते जंगलमा मृत फेला परेकी थिइन् ।

CP Hospital Dhangadhi

तीन दिनदेखि बेपत्ता किशोरी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठी नेतृत्वको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट काका नाता पर्ने ती युवकले ललाई फकाइ धाकधम्की दिइ किशोरीलाई पटकपटक बलात्कार गरेपछि किशोरी गर्भवती भएकी खुलेको थियो ।

घटनापछि मृतकका बुबाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका प्रहरी निरीक्षक केसीले जानकारी दिए । किटानी जाहेरीपछि आरोपी युवकलाई पक्राउ गरिएको उनले बताए । मृतक किशोरीको डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टबाट उनको पेटमा १८ हप्ताको गर्भ रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गर्भवती रहेको थाहा पाएपछि आरोपी युवकले किशोरीलाई गर्भपतन गर्न दबाब दिएका थिए । किशोरीले गर्भपतन गराउन नमानेपछि ति युवकले किशोरीलाई जंगलमा लगी ढुंगाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक प्रवक्ता केसीले बताए । अभियुक्तलाई हिरासतमा राखी थप अनुसन्धान गर्न जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Dhnagadhi & Krishanapur