प्रसिद्ध निङ्गलाशैनी मन्दिर जात्रा सम्पन्न,तीनसय पशुबली दिइयाे

Image
Nisarga Hospital
CP Hospital Dhangadhi
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएकाे छ। जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चैतेदशैँको अवसरमा   मंगलबार लागेको बलीसहित जात्रा सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्र बहादुर  बोहराले  बताउनुभयाे।
   जात्रामा १ सय ८९ राँगा र १ सय  बोकाको बलिदिइएको  निङ्गलाशैनी धार्मीक सेवा समितिले  जनाएको छ ।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा आज पशुबलि सहितको भव्य जात्रा सम्पन्न भएकाे हाे। निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ ।   निङ्गलाशैनी भगवती मन्दिरमा चैत्राष्टमी र महाष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि दिइदैन ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् । निङ्गलाशैनी भगवती मन्दिरमा आज  बिहानै  देखि  भक्तजनको  भिड थियोे   । जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका थिए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
जात्रामा देहिमाडाैं वरपर मदिरा विक्रीवितरण तथा सेवन पूर्ण रूपमा बन्द गरिएको थियाे।
Dhnagadhi & Krishanapur