
हरपल हरक्षेण आमाले बुहारी चाह्यो बुहारी चाह्यो भन्ने आमासंग दिन दिनै झगडा पर्ने बिहान उठ्यो कि बुहारी भैदिए त काममा सघाउने थिइन् होला, बोल्ने साथी हुन्थ्यो बुहारीको हातको पानी खाने धोको छ छोरा तिमी कहिले बिहे गर्छौ?तिमी संगैका साथिहरुले बिहे गरेर छोराछोरी पाइसके हेर त राम को आमाले नाति खेलाएर बसेको छोरा तिमी पनि बिहे गरिदेउ न मलाइ पनि सारै रहर छ नातिनतिना खेलाउने!

आमाको कुरा मात्रै मनमा घुमिरहने बिहे सम्झिदा आफुलाइ दिक्क वाक्क लाग्ने राती राम्रो संग निन्द्रा नै नलाग्ने हिजो त खाना नखाएरै भुसुक्क निदाए छु साथिले मलाइ बिउझाएर लग्यो एकजना सुन्दर केटिसंग भेट गराइ कुरा गर्न लगायो एक अर्कालाइ हामी धेरै मन पर्यौ र बिवाह गर्ने योजना बनायौँ हामीले एक अर्काको नम्बर राख्यौँ फेसबुकमा पनि जोडियौँ !
केटिमा पनि कुनै खोट थिएन झलमल्ल बलेको जवानी , सुर्यको प्रकाश जस्तै तेज नयन , राताराता गाला पिपल पाते ओठ कतिखेर बिहे होला भन्ने कुराले मनमा खुलदुली भैराख्यौ ,काउकुती लागिरह्यो , भोलि पल्ट बिहान सबेरै जेठा बुबालाई साथमा लगेर हात माग्न कन्याको घर गयौँ !
कन्या पट्टिबाट पनि कुनै दुरो वचन नाइ नास्ती भएन छोरी दिन राजि भए झ्यालबाट उनी मसक्क मसक्क मस्किदै मेसेज पठाउदै थिइन् र मोबाइलमा टुन्न टुन्न मेसेजको घण्टि आउँदै थियो के भयो कुरा ? के भन्यो त मेरो बुबाले ? कति गते को भयो हाम्रो बिहेको फिक्स ? उनी पनि निकै आत्तुर थिइन बिहेको पहिलो रात बिताउन पहिलो रातको आनन्दी महसुस गर्न !
करिव करिव दस पन्ध्र दिनपछी बिहे हुनेवाला थियो मेरो आमा पनि खुसिले गदगद हुनुभएको थियो हुनेवाला बुहारीसंग एक दिन नबोले खान पनि राम्रो सँग रुच्दैन भन्ने गर्नुहुन्थ्यो आमा संँग हुनेवाला बुहारी निकै खुलेर कुरा गर्ने हाँस्ने हसाउने सरल स्वभावमा कुरा गर्ने आमाले हुनेवाली बुहारिको लागि आफ्नो गलबन्दी कानका बाला मिचेर हुनेवाला बुहारिलाइ नै साथमा लगेर अहिलेको फेसन अनुसार र बुहारिको चाहाना अनुसार दुई तीन तोला सुनको गरगहना बनाइदिए !
बिहेको दिन आएको पत्तै भएन धुमधाम संग बिवाह भयो मेरो लागि त्यो बिहेको पहिलो रात एक जिवन साथी सँग जीवन बिताउने बाचा बन्धनको पहिलो रात थियो रात छिपिदै गयो आमाले मीठो मीठो परिकार बनाएर बुहारी र म भएको कोठा सम्म लिएर खाना पस्केर जानुभयो श्रीमती निकै उत्साहित देखिएकी थिइन एकछिन् पछि ओछ्यान मिलाएर दुवै जना सुत्ने तयारी भयो
सुमसाम रात भयो सबैजना सुते आमा पनि अर्को कोठमा सुती सकेका थिए
हामी श्रीमान श्रीमती भने मन्ध गतिमा खुसखुस मिठामिठा प्रेमिल बात , जिवनका कुरा गर्दै थियौँ”बिहेको पहिलो रात मनमा ढुकढुक ढुकढुक भएको थियो ,श्रीमान श्रीमती निकै लजाएका थियौँ, उकुसमुकुस भएको थियो , सुस्त सुस्त एक अर्कालाइ स्पर्श गर्दै बिहेको पहिलो रात बिताउदै थियौँ ,, एकछिन पछि ढोकामा ढकढक आवाज आयो को हो भनेर भन्दा छोरा तिम्रो आमा हुँ मेरो त पेट दुख्यो बाबू बुहारिलाइ एक गिलास पानी तताएर मेरो कोठामा पठाइ देउन छोरा भन्नुभयो , जब श्रीमतिलाइ पानी तताउ जाउ ढोका खोल भनेर पठाए ढोका खोल्नासाथ आमालाइ धकेल्दै बुढी बिहेको पहिलो रातमा पनि रोमाञ्च गर्न नदिने भयौ यति राती के पेट दुखेको होला नाटक गरेको होला बुहारीलाई काम गराउन भनेर भन्नुभयो!
आमाले बुहारी के भनेको त्यस्तो भनेर भन्नुभयो फेरि बुहारीले चुप बुढी भनेर झाप्पड हानेको आवाज मेरो कानमा पर्यो के गरेको श्रीमती आमालाइ त्यस्तो भनेर मैले जोरले आवाज दिएछु कोठानै हल्लिएछ आमा त सुतिराख्नु भएको थियो छोरा केभो केभो भनेर भन्न थाले झसङ्ग भए उठेर यताउता हेर्छु कसैलाइ देख्दिन सपना पो भएछ!
आमालाइ यस्तो यस्तो सपना देखे भनेर सबै कुरा भने ,छोरालाइ भएको सपनालाइ सुनेर दिनदिनै बिहे गर बिहे गर छोरा भन्ने मेरो आमाले पनि बाबू बरु म काम नसके भोक भोकै रहुँला त्यस्तो बिहेको पहिलो रात मै म बुढी सासूलाइ कुट्ने बुहारी संग तिमी बिवाह नगर तिमी त जागिर गर्न शेष बिदेश गर्न जानू पर्छ होला म कसरी जीवन बिताउँला छोरा ठिकै छ तिमी आफ्नो इक्षाले बिहे गर अहिले जागिर गर पछि तिमी पनि घर बस्न पाउँछौ अनि राम्रो असल केटि खोजेर बिहे गर भनेर भन्नूभयो!
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी





























