कञ्चनपुरमा खैरो हेरोईनसहित दुई युवक पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरमा खैरो हेरोईनसहित दुई युवक पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालबाट ०.२७ ग्राम अबैंध लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट ०.९४ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय निराजन बोहरालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

Attariya Hospital

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट थप अनुसन्धान गरिरहेको छ।

nawajiwan