बैतडीमा चितुवाको उद्धार

Image
Nisarga Hospital

बैतडीमा पासोमा परेको चितुवाको मंगलबार उद्धार गरिएको छ ।

CP Hospital Dhangadhi

जिल्लाको सिगास गाउँपालिका ९ चुवाँ भेरीखोला भन्ने स्थानमा स्थानीय थापेको पासोमा परेकाे चितुवाकाे उद्धार गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिनुभयाे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको उद्धार टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हाे।
पशु चिकित्सकहरुले घाइते चितुवाको सामान्य उपचार गरेपछि सिगास संरक्षित बनमा छाडिएको उनले बताए ।

पासोमा अड्किएको खुट्टामा सामान्य चोट रहेको मात्रै रहेकाले जंगलमा छाडिएको हो । स्थानीयहरुले उद्धार टोलीसंगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाउन भनेपनि बच्चा नै भएकाले त्यस्तो केही खतरा नभएकाले त्यहीको जंगलमा छाडेको कार्यालयले जनाएको छ।

सोमबार जिल्लाको सिगास गाउँपालिका ९ चुवाँ भेरीखोला भन्ने स्थानमा स्थानीय थापेको पासोमा चितुवा परेको थियो । अन्दाजी २ बर्षको चितुवालाई स्थानीयहरुले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।

Dhnagadhi & Krishanapur