श्री मालिकार्जुन दार्चुला सेवा समितिकाे विगत र वर्तमान :

Image
Nisarga Hospital

मैले लेख्ने गरेका आलेखहरू तरङ्गित हुने गरेका छन् । तर त्यस्ताे तरङ्ग नै आउनु पर्ने विशेष कुरा संप्रेषित नगरेपनि किन हाे कुन्नि ! टिप्पणी भने आइरहन्छन् । मैले जे देखे र जे अनुभूति गरे, त्यही कुरा लेख्ने गरेकाे व्यहाेरा अनुराेध गरे । स्मरण रहाेस कि म कुनै व्यक्ति विरोधी कहिल्यै पनि हुन्न र हुने पनि छैन । तर विधि विधान र पद्धति मिचिएमा त्यसकाे भने घाेर विरोधी पक्कै पनि हुँ । विधिसम्मत चलेमा कसैले पनि विरोध गर्दैन र विरोधका स्वरहरू सुनिदैनन् पनि । यस मालिकार्जुन दार्चुला सेवा समितिकाे स्थापना वि. सं. २०६५ सालमा भएकाे हाे । म यस सेवा समितिकाे संस्थापक सचिव भएकाे हैसियतले पनि संस्थाकाे बारेमा मैले लेख्दा यथार्थ र तथ्यपरक विवेचना हाे भन्ने कुरामा आम दार्चुलाबासी सराेकालवालाज्यूहरूलाई विश्वस्त हुन अनुराेध गर्न चाहन्छु । झाेले अफिसबाट सुरुभएकाे याे संस्थाकाे हाल आफ्नै भवन छ ।

CP Hospital Dhangadhi

भवनमा अफिस काेठा, सेमिनार हल, इन्टरनेट सेवा, सुविधा सम्पन्न साैचालय लगायतकाे सुविधा उपलब्ध छ । हाल यस संस्थामा याेग अभ्यास र आध्यात्मिक व्यक्तित्वहरूकाेलागि भजन किर्तन नियमित सञ्चालनमा रहेकाे छ । यस संस्थाले समय समयमा लाेकसेवा तयारी कक्षा, शिक्षक सेवा आयाेगका तयारी कक्षाहरू पनि विगतमा सञ्चालन गर्दै आएकाे थियाे । दार्चुला मूलघर भई कैलालीमा वसाेवास गर्दै आएका मनकारी व्यक्तित्वहरूले अक्षय काेषकाे स्थापना गरेका छन् । उक्त काेषबाट आउने ब्याज रकम गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गर्दै आएकाे छ । यस सेवा समितिले पटक पटक गरि साताैं रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । जनहितमा आधारित लागुपदार्थ सचेतना कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, सरसफाइ कार्यक्रम, विरामीहरूलाई फलफूल वितरण कार्यक्रम, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम लगायतका समय सान्दर्भिक कार्यक्रमहरू गर्दै आएकाे छ । यस सेवा समितिलाई याे अवस्थासम्म पु-याउन प्रत्यक्ष र पराेक्ष रुपमा मद्दत गर्नु हुने सबै मनकारी दाताहरूलाई धन्यवाद नदिइरहन सक्दैन ।

यस सेवा समितिले प्रत्येक वर्ष दार्चुला दर्पण नामक पुस्तक, भित्ते पात्राे प्रकाशन गर्दै आएकाे छ । संस्थालाई रु. ५०००/= भन्दा बढी सहयाेग गर्ने दाताहरूकाे नाम समिति भवनकाे परिसरमा सिलापत्रमा अध्यावधिक गरिएकाे छ । दार्चुला मूल घरभई हाल कैलाली जिल्लामा बसाेबास गर्दै आएका सम्पूर्ण दार्चुलाबासी यस सेवा समितिका आजीवन र साधारण सदस्य हुन् । आजीवन र साधारण सदस्यता लिएका व्यक्तिहरू नै यस संस्थाका मुख्य सराेकारवाला हुन् । यसाे भन्दैमा याे सेवा समिति दार्चुलेबासीकाे मात्र हाेइन है । यस सेवा समितिले सुदूरपश्चिमकै छाता सङ्गठनकाे रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएकाे छ । याे विशुद्ध सामाजिक संस्था हाे । दानगर्न इच्छुक जाे काेहीलाई पनि यस संस्थाले सम्मान गर्दै आएकाे छ । यस सेवा समितिमा आवद्ध दार्चुलेबासी सबै जातजाति, धर्म, संस्कृति, भेषभूषा, निजामती कर्मचारी, प्राध्यापक, शिक्षक, वकिल, उद्याेगी, व्यवसायी, समाजसेवी लगायत सबैकाे हातेमालाे तथा समन्वय र सहयाेगकाेलागि फेरि पनि समितिले अपेक्षा गरेजस्तो लाग्छ ।

१०४ वर्षे जहानियाँ राणा शासनकाे अन्त्य पश्चात देशमा प्रजातन्त्रको पुनर्बाहली भयाे । समय सापेक्ष नाम र कामहरू बदलिदै आएकाे परिप्रेक्ष्यमा समिति र समाजकाे बिचमा तात्त्विक भिन्नता भने अवश्य पनि छ । समाज भित्र समिति हुन्छ र समिति भनेकाे निश्चित व्यक्तिहरूकाे बाेलवाला वा विशेष कामका निम्ति गठन गरिएकाे सानाेतिनाे समूह भन्ने हुन्छ । त्यसैले अब हुने वार्षिक साधारण सभामा समिति शब्दलाई परिमार्जन गरेर “मालिकार्जुन दार्चुला सेवा समाज” बनाउनु पर्दछ भन्ने पङ्त्तिकारकाे ठम्याई रहेकाे छ । आफू समाजशास्त्रकाे विद्यार्थी नभए पनि मेराे बुझाईमा समाजले व्यापक अर्थ ओगटेको हुन्छ । समिति भनेकाे विशेष कामकाे निम्ति गठन गरिएकाे सानाेतिनाे समूह भन्ने हुन्छ भने समाज भनेकाे सञ्जनहरूकाे मञ्च हाे । अर्थात कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएकाे संस्था वा सङ्घ हाे । त्यसैले समितिकाे ठाउँमा समाज शब्द राख्नु पर्दछ ।

हुन त नजाति छु, नराम्राे छु कसले पाे भन्छ र ! हाम्राे वर्तमान सेवा समितिकाे अफिसकाे अभिलेखिकरण व्यवस्थापन पनि अति नै राम्राे रहेकाे छ ।

सुझावहरू :
१. कार्यसमिति बसेर नयाँ कार्यक्रम ल्याउनु पर्ने ।
२. दार्चुलाबाट आएका दयनीय अवस्थाका र अलपत्र परेका
विरामीहरूला सक्दाे सहयाेग गर्ने ।
३. नेपाल रेडक्रस साेसाइटीसँग समन्वय गरेर समितिकाे
सिफारिसमा दार्चुलाका जाे काेहीलाई पनि सजिलै रगत
उपलब्ध गराउने ।
४. प्रत्येक ३/३ महिनामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने र
सम्भव नभए वर्षमा दुईपटक अनिवार्यरुपमा रक्तदान
कार्यक्रम सञ्चालन गर्ने ।
५. समितिकाे वार्षिक साधारण सभा यथाशक्य चाँडाे गर्ने ।
६. याे सेवा समितिलाई सेवा समाज बनाउनु पर्ने ।
७. सेवा समाजलाई वार्षिक साधारण सभाबाट विधान सम्मत
पूर्णता दिनु पर्ने ।
८. दार्चुला जिल्लाकाे चारवटै क्षेत्र दुहुँ, व्यास, मार्मा र
लेकमका वासिन्दा सम्मिलित समावेशी कार्यसमिति बनाउनु
पर्ने ।
९. आजीवन सदस्यहरूकाे नाम, ठेगाना, पद अध्यावधिक गर्नु
पर्ने ।
१०. कार्यसमितिमा सकेसम्म नि:स्वार्थ सामाजिक भावना
भएका र समय दिन सक्ने फुर्सदिलाे व्यक्तिलाई चयन गर्नु
पर्ने ।
११. कार्यालय सञ्चालन तथा व्यवस्थापनकाेलागि विभिन्न
सरकारी तथा गैह्र सरकारी निकायसँग प्रभावकारी
समन्वय कायम गरिनु पर्ने ।
१२. संस्थाका आजीवन सदस्यहरूबाट संकलित रकमलाई
जम्मा गरेर सहकारी वचतकाे रुपमा विकसित गर्ने ।
माथि उल्लिखित कुराहरू कसैकाे उक्साहटमा वा वहकावमा लागेर नलेखेकाे व्यहाेरा समेत अनुराेध गर्न चाहे । याे मेराे निजी धारणा मात्र हाे । ठिक लागेमा लाइक, कमेन्ट र सेयर गरिदिनु हाेला ।

 मान सि‌ह धामी (भाैनबाटी)
आजीवन सदस्य
श्री मालिकार्जुन दार्चुला सेवा समिति, धनगढी