
न म कथाकार न त म गजलकार

म हुँ एक आकार विहिन आकार
लेख्छु, थन्क्याउँछु फेरि लेखुँ भन्छु
फेरि गम्छु लेखेर के गर्ने हो बेकार?
अरुझैँ प्रसिद्धि कमाउनु छैन मलाई
प्रसिद्धिसंग मेरो छ पो के सरोकार?
न छन्द, न राग, न त कुनै चारु छन्
न थाहा केही के-कति हुने हुन् प्रकार
लेख्छु त्यही जे शब्द उब्जिन्छ मनमा
यो शब्द मात्रै हो अतृप्त मनको पुकार

राजेश स्पन्दन, भक्तपुर 



























