
धनगढी : धनगढी उपमहानगरपालिका–५ शिवनगरमा रहेको चैतन्य पाठशालामा शैक्षिक शत्र २०८१ पहिलो दिन पारेर अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार भएको उत्प्रेरणा कार्यक्रममा अभिभावकले आफ्ना नानि बाबुलाई कसरि पढाईमा अगाडि बढाउने र असल जिम्मेवार बनेर समाज, राष्ट्र, देशप्रति कसरी जिम्मेवार बनाउने भन्ने बारेमा जानकारी दिन उप्त कार्यक्रम गरिएको हो ।


कार्यक्रम चैतन्य पाठशालाका प्राधानाध्यापक कटकबहादुर सिहँले २०५८ सालमा स्थापना भएको स्कूल २०७९ सालमा चैतन्य पाठशालाको नाम बाट विकास भएको बताए । फरक स्कुलबाट पाठशाला नाम भैरहँदा एक बर्ष अबधिमा धेरै राम्रो काम गरिएको र आगामि दिनमा थप धनगडिको मात्र नभएर समग्र आधूनिक मोडन स्वर्णिम आइयम पाठशाला, स्कूल बनाउने प्राधानाध्यापक सिहँले जानकारी दिए ।
सिहँले समाज रुपान्तरण गर्नको लागि कुनै पनि संस्कारका कुरामा होस वा अहोरात्र नभनि बिद्यार्थी, अभिभावक तथा शिक्षकका लागी काम गर्ने विश्वास दिलाएका छन् ।
कार्यक्रम चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले असल, अभिभावक महत्व, जिम्मेवारी, निट्वान, आफ्ना नानिबाबुलाई, असल बनाउनुमा बाआमाको पहिलो भूमिका रहेको बताए । बालबालिकाको पहिलो पाठशाला भनेको घर भएकाले घर बाटै आदर्श मानिस जिम्मेवार नागरिक, कसरी बन्ने र बनाउने भन्ने अभिभावक महत्वपूर्ण जिम्मेवार भएको बताए । त्यसकारण बा आमा असल अभिभावक भूमिका निर्भाह गर्न आग्रह समेत गरेका छन् । असल चालनचल, असल नानीबाबु बनाउन चैतन्यको अवधारणा भनेको सिक्ने, सिकाउने, ज्ञान, सीप विश्व प्रतिस्पर्धा गर्ने सक्ने बनाउने भन्ने रहेको बताए ।


स–साना बालबालीका, विद्यार्थी चेतन शिल, जिम्मेवार, नागरिक, उद्यमशिल, परिवार, समाज, देशप्रति प्रेम, सद्भाव, समाज र राष्ट्रको जिम्मेवारी चेतनशिल, नागरिक बनाउने चैतन्य पाठशाला लागेको उनका भनाई छ । त्यस्तै कार्यक्रममा आचार्य लक्ष्मण भण्डारीले असल अभिभावक अत्प्रेरणा कार्यक्रम गरेका थिए । अभिभावकले घरपरिवारमा आफ्ना छोराछोरी तथा बालबालिकालाई कस्तो ब्यवहार सिकाउने संस्कारको कुरा तथा असल चालचलन आनीबानीको बारेमा जानकारी दिएका थिए । बाबुनानीका हरेकपलपलमा समय र साथमा रहने जस्ता ब्यवहारीक र परिवारिक कुराहरु सुन्ने अनिहरुको भावनात्मक बिचारहरुलाई मनन् गरेर असल अभिभावकको जिम्मेवारी गर्नुपर्ने बताए ।
असल अभिभावक अत्प्रेरणा कार्यक्रममा पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालबार एसोसेसन केन्द्रीय उपाध्यक्ष तुलाराम गिरी, संविधान सभा सदस्य, कल्पना सोप, सामाजिक विकास मन्त्रालयकि जयन्ती गिरी, फावईसन राईडर भरतबिक्रम शाह, नेपाल पत्रकार कैलालीका सचिव प्रेम दहित, पत्रकार, शिक्षक,,अभिभावकको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोसीले गरेकी हुन ।





























