
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को हाटखोलीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ।

गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्त्री रोग, हाडजोर्नी, नाक कान घाटी, जनरल सर्जरी, जर्नल मेडिसिन सम्बन्धी चेकजाँच तथा उपचार सेवा दिन लागेको छ ।

धनगढीको केजी हस्पिटल प्रालि को प्राविधिक सहयोग बाट विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन आएको छ ।
कार्यक्रमममा गोदावरी नगरपालिका वडा नं ४ वडा अध्यक्ष हेम प्रकाश मल्लको अध्यक्षतामा संचालित कार्यक्रममा गोदावरी नगरपालिकाका प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले ब्यानर वाचन गरी कार्यक्रमको संचालन भएको थियो ।

स्वास्थ्य शिबिर कार्यक्रममा बोल्दै प्रबक्ता भट्टले यस क्षेत्रमा रहेका जनताहरुले जति सक्दो बढी सेवा लिन र सबै जनतालाई शिविर संचालनको बारे जानकारी दिन समेत आग्रह गरेका छन ।
गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका योगदान र गर्दै आएका क्रियाकलाप बारे जानकारी गराउदै आगामी दिनमा पनि पालिकाको विगट बस्तीमा यस्तै स्वास्थ शिविर संचालन गर्ने कार्यक्रम रहेको जानकारि स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन ।
वडा सदस्य तारा क्षेडाल, केजी हस्पिटलका डाक्टर दीपक कुमार सिंह , डाक्टर सोनी, डाक्टर घनस्याम जोशी, डाक्टर विवेक जोशी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अहेब कपिल साउद ले गरेका हुन् ।





































