
खुब मन पर्थ्योनी तिमिलाइ
पानीपुरी र चटपटे
तिम्रो स्वभाव नै जिद्दी र चट्पटे
मजागग नगरी त बस्नै नसक्ने
हर घडी हर समय तिमिले बोलिराख्नु पर्ने
कसैलाइ पिर परेको पो छ कि
कसैलाइ केही कुराको
अभाव पो भएको छ कि
तिमिलाइ त बस हाँसो मजाग,
रमाइलो भए पुग्यो
बोलिराख्नु पर्ने नबोली त बस्नै नसक्ने
देख्योकी जिस्काइ हाल्ने
तिम्रो बानी!

नजिक भेट भयोकी
अंगालोमा बेरिरहनु नै पर्ने,
आखामा आँखा नजर
जुधाएर हेरिरहनु नै पर्ने !!
तिमी रिसालु पनि
तिमी मायालु पनि
तिम्रो बानी जिद्दी
तिमिले बोलेको कुरा त
जस्सरी पनि पूरा गरिहाल्नु पर्ने
नत्र तिमी रिसाइहाल्ने
एकदिन तिमि र म बजारबाट फर्किदै गर्दा
बाटोमा रात परेको थियोनी
तिमिले आकाशमा जुन देख्यौ है
जुनलाइ हेरिरह्यौ अनि भन्यौ
मलाइ जसरी पनि त्यो जुन
टिपेर ल्याइदिनु रे
नत्र म बोल्दिन रे
भोलिपल्ट तिमिलाइ जुन भनेर
दाइको छोराको खेलौना
बल लगेर दिएको थिए
तिमी कत्ती खुसी भएको थियौ है!
तिमी सानो- सानो बच्चा जस्तो छौ है,
तिमी कत्ती माया लाग्ने छौ है”
मीठो माया छ तिमिलाई
अविरल सम्झना छ तिमिलाई
सानोमा माटोको सिंदुरले तिम्रो
सिउदो रंगाएको थाहा छ नि तिमिलाइ
बाकी छ रातो अबिरले तिम्रो
सिउदो रंगाउन
घरमा बुहारी बनाएर भित्र्याउन
तिम्रो हातलाइ ,तिम्रो काखलाइ
मेरो सिरानी बनाउन
अब त तिमी बिनाको जीवन
कल्पना पनि गर्न सक्दिन
तिमी जस्तै बनाइदियौ
अचेल मलाइपनी
चंचले ,जिद्दी ,
कहिले उदास ,
कहिले बिन्दास
एकहोरो
अब एक अर्काको मनका
गाँठागुठी फुनुपर्छ,
अब हामिले दुईबाट एक-
एक बाट दुई हुनुपर्छ !
तिमिले कुरा बुझ्नुपर्छ
यो साथ कहिले नछोड्नु ल
सम्झिन ,भेट्न कहिले नछोड्नु ल
हाम्रो प्रेम अटुट रहनुपर्छ
हाम्रो प्रेम टुटे त दुवैले रुनुपर्छ
एक अर्काकै यादमा
तड्पिएर मर्नुपर्छ
त्यसैले हामिले छिट्टै
बिहे गर्नुपर्छ
बिहे गरौँन यार!!
पारस भट्ट “प्यासी”
मेलौली दुई “सुन्दरभुमी” सेलि सुदुरपश्चिम बैतडी
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी
हाल काठमाडौ




























