नेता सबै राजनीतिज्ञ होइनन्

Image
Nisarga Hospital

–लबदेव धामी
म कुनै राजनीतीज्ञ वा कुनै धेरै लेखेको पढेको विद्वान पनि हैन, न म कुनै राजनीतिज्ञ घरानाको मान्छे नै हुँ, न त कसैबाट सिकेर लेखि रहेको छु, न कसैको निर्देशनमा । मैले जे देखे त्यहीँ मात्रै उर्ताने प्रयास मेरो रहेको छ । म समाज र राष्ट्रलाई बुुझ्न खोजी रहने एक जिज्ञासु पाठक हुँ । पाठकले पढी रहदा आउने कौतुहतालाई मेटाउन भए पनि म सँग भएका शब्दालाई जोड्ने प्रयास गर्छु ।

CP Hospital Dhangadhi

मैले पढ्दै गर्दा कति बेला सुनेको थिए राजनीति एक विज्ञान हो । जुन विज्ञानको प्रयोग गर्न सके एक परिवार , समाज , राष्ट्र सबै यति ब्यवस्थित हुन्छन् की जस्तो ब्यवस्थापन अरु कुनै विज्ञानले पनि गर्न सक्दैन रे । मैले यो पनि सुनेको हुँ यदि वैज्ञानिक विचारलाई सहि रुपमा प्रयोग गर्न नसक्ने हो भने विनास पनि निम्ताउने पक्का हुन्छ । आज हाम्रो देशमा यही भएको छ , राजनीतिको सिद्धान्त, प्रयोग गर्ने तरिका नमिलेको हो की, राजनीतिज्ञसँग कुनै सिद्धान्त नै छैन । यो बिषलाई सतहमा ल्याउनु एकदमै आवश्यक भएको महसुस सबैले गरे तर प्रयास भने गर्न नसकेको अवस्थालाई मैले नियालेको छु।

अब कति ? कहिले ? किन ? हामीले तिनै मुहरबाट आशा गरी राख्ने। तर हामी गरी राख्छौँ । कारण …यो सबै समस्या राजनीति आफैँले बोकेको हुन्छ , हामी शिक्षित भएर हुदैन , विचार अनि हाम्रो सिद्धान्त पनि त परिर्वतन हुनु आजको नितान्त आवश्यकता रहेको पनि आभास नभएको हैन तर बिडम्ना परिर्वतन चाहाने मन्छे स्वयंले त्यही राजनीति आलम्वन गर्छ , र पछि गएर त्यही सिद्धान्त प्रयोग गर्ने उस्को मनसाय हुुन्छ। चुनाव गरेर अब नेता छान्ने हैन, राजनीतिज्ञ छान्ने प्रयास गरौँ । यदि सही राजनीतिक जग बसाल्ने हामीले अठोट गरेका हौँ भने , सिद्धान्त र स्थिरता हेरौँ । न की भिड , अफवाहा र बहस हेरेर आफ्नो वौद्धिकता बिर्सिने छुट अब हामीलाई छैन् ।

nawajiwan
Attariya Hospital

हामी भित्र तीन मन छन – चेतन, अर्धचेतन र अचेतन फरक समयमा फरक मनले हामीलाई भ्रमित पारीरहेको छ । जुन कुरा थाहा नभएर हैन मनलाई बसमा गर्न नसकेर हामी अलग अलग निर्णय गर्न पुग्छौँ । यसरी आज सम्म न हामी परिर्वतन हुन सक्यौँ, न हाम्रो सिद्धान्त नै परिर्वतन भयो यसैकारणले जो गति बषौँ पहिले थियो उही आज पनि छ । कारण राजनीति परिर्वन कहिले गर्न सकेनौँ, हामीले परिर्वतन त केवल शासकमात्रै गरेका हौँ । हामी अझैँ पनि यो मत स्विकार गर्ने पक्षमा भने छैनौँ पक्कै पनि यति सजिलै हुने कुरा पनि त भएन…. कस्ता कस्ता शासन ब्यवस्था त हटाएका हौ नि , कसरी राजनीति परिर्वतन भएन….।

हामी कुनै नेताले भौतिक विकाश गर्दा , चर्काे भाषण गर्दा , जोसिलो स्वभाव देखाउदा एक कुशल राजनीतिज्ञ भन्न थाल्छौँ , जो हाम्रो ठुृलो गल्ती र पछि गएर ठुलो समस्या हुन पुग्छ । त्यो मान्छे नेता अवश्य हुन सक्छ तर राजनीतिज्ञ भएको भने हुँदैन , जब उस्लाई राजनीतिज्ञ नभैकन राजनीतिज्ञको उपाधी हामी श्री ३, श्री ५ दिए सरी सजिलै दिन्छौँ तब एक नेता बिग्रिन्छ र हालत यस्तो हुन्छ ।

हाम्रो देशमा भएको यहीँ हो । हामीले हजारौँ नेता त पाएकै हौँ, तर राजनीतिज्ञ बेला बखतमा एक दुई मात्रै…..। कुनै बेला शान्ती , सम्झौता, विकास भैरहने कुनै बेला किन हाहाकार….? कारण, मात्रै राजनीति हो । बिना सिद्धान्त भएका केवल सत्ता लिप्सा उच्च राख्ने नेताका हातमा हामी देशको शासन ब्यवस्थालाई पटक पटक दिई रहने हौँ भने अवस्था भन्न सकिन्न के के हुन्छ ।