
दुई अक्षर मिलेर बनेको
आमा भन्ने शब्द
कति मीठो लाग्छ ,
र कति माहान छ ”
घरमा छँदा
आमा भनेर बोलाउन पाउंँदा
कति खुसी हुन्थ्यौँ हामी ,
सहरमा भएको बेला
आमालाइ सम्झेर
एकान्त कोठामा
गएर रुन्छौ हामी ”

बाचुन्जेल सधै
सधै आमा भन्न पाउँ
आमा सम्झिन पाउँ
मीठो मसिनो आमाको हातको खान पाउँ
दुखी ,खुसी आमा कै काखमा हुन पाउ,
आमा कै काखमा
बसेर रुन पाउ”
हामी बोलिरहन्छौ यस्ता यस्तै सब्दहरु
र र सम्झीरहन्छौ आमालाइ
कहिँ यता उति जाँदा
लडियो भने अय्या आमा भनेर भन्छौ
आफै खाना बनाउँदा
खान नमिठो नमिठो लाग्छ
कहिले तरकारिमा नुन बढी पर्छ ,
कहिले भात गिलो हुन्छ,
कहिले त पकाउनै झ्याउ लागेर
होटल गएर खाएर आउँछौँ !
घर छँदा आमाले बनाएको
मीठो खाना पनि आमा
के बनाएको एस्तो भनेर
सताएको सम्झिन्छौ,,
काम गर्दा अल्क्षी लाग्छ
दिन रात नभनी
संन्तानकै लागि खटिरहने
आमालाइ सम्झिन्छौ!
सानो सानो खानेकुरा पनि
आमाले पटुकीमा लुकाएर
आफ्नो भाग पनि
हामिलाइ राखेको
सम्झिन्छौँ!
पढ्न सहर आएका हामी
रुममा एक्लै बसि रहँदा
आमा सम्झिन्छौ,,
हरेक दिन हरेक रात
आमा सम्झिन्छौ
लाखौ छ्न् , छन त
शून्य छ आमा बिना सहर
किन किन यत्ती उज्यालो
झिलमिली पनि अन्धकार लाग्छ
दुख नै दुख छ आमा बिनाको सहरमा
छन त ठाउँ ठाउँमा
दिन रात उज्यालो छ
तर पनि
औंसिको अध्यारो
रात जस्तै कालो छ
आमा बिनाको सहर
दसरथ भट्ट
हाल धनगढी




























