
सोह्र श्रिङ्गारले होला चिटिक्कै परेकी छ्यौ

वसन्त विस्तारमा बाल्यकाल पार गरेकी छ्यौ ।
खै कसरी वर्णन गरुँ तिम्रा यौवनका बारेमा
वास्तवमै मनलाई मेरो तिमीले हरेकी छ्यौ
किन लजाउदछौ प्रिया सामिप्य म आउँदा
लाजले कि डरले टाढा-टाढा सरेकी छ्यौ ।
नजानिदोँ नशा तिम्रा लजालु मुस्कानमा छ
मन निशाना तीरमा आँखा खुबै तरेकी छ्यौ
के गजल गीतले तिम्रा अधर रसपान गर्लान
दुनियाँ एक जगतमा जो ज्योती छरेकी छ्यौ

राजेश स्पन्दन, भक्तपुर



























