
तेल सकिएर निम्न लागेको
दियो भइन मेरि आमा
हामीलाई वारि तारेर पारी छुटेकी
माझी भइन मेरि आमा

आफ्नो अजल जिबन धाराले
सन्तान लाई सिन्चित गरिन
छाती बाट अमृतमय गंगा बहाउने
बगर र बालुवा भइन मेरि आमा
अनेक नाता र सम्बन्ध हक
प्रेमको डोरीले बाँधिन
डोरी चुंडेर गए सबै
अलग धलग भइन मेरि आमा
सन्तानको सुखका लागि
दिनरात एकाएक गर्थिन
आज घरको भार बनेर
आफै प्यालै सुत्छिन मेरि आमा
समयको मुल्य सिकाइन
जिबनको पाठ सिकाइन
आज समय महँगो भयो
सस्ती भइन मेरि आमा
तेल सकियेर निम्न लागेकी
दियो भइन मेरि आमा
हामिलाइ वारि तराई आफू पारी छुटेकी
माझी भइन मेरि आमा
धेरै धेरै सम्झना अनि मिठो माया ❣️❣️♥️ मेरि आमा❣️❣️
चन्द्र सिंह धामी
बैतडी जिल्ला
सिगास गाउँपालिका वडा नम्बर ५ ढुङ्गाड खैरकोट
सुदूरपश्चिम




























