
बोक्यौ नौ महिना सहेर अति नै, पीडाहरू कोखमा
हे आमा! वरदान जीवन दियौ, यो मोहिनी लोकमा
हो पीयूष पर्याप्त दूध रसिलो, मीठो पिलायौ अति
मेरो जीवनमा सिँगार्न दुनियाँ, धेरै दिलायौ मति ।।

बोली सादर मन्द खेल्न नभ झैं, धर्ती दियौ आँगन
देखायौ पथ धर्म कर्म सुखको, साद्धे गर्यौ जीवन
आमा प्राण तिमी विदीर्ण मुटुको, बेजोडको हर्ष हौ
आमा ईश्वर चाडपर्व सुखको, प्यारो नयाँ वर्ष हौ ।।
अन्तर्धान गर्यौ व्यथा हृदयमा, सारा भुल्यौ दुःख ती
मेरो जीवन चैन ईश्वर भनी, गायौ सधैं आरती
तिम्रो कोमल चित्तमा पुरुषको, भन्दा बढी हिम्मत
कस्तो मोल दिई गरूँ म कसरी, तिम्रो सधैं स्वागत ।।
यौटा नेत्र अकल्पनीय गुरुको, शिक्षा तिमीमा कति
मीठा नौरस सीप कालिगडको, सेवा तिमीमा अति
तिम्रो रक्त र आँसु भुल्दिनँ कबै, आमा तिमी ईश्वर
हौ मेरो सुख दुःख जीवन सबै, आमा तिमी ईश्वर ।।
✍️ कुशल नाथ योगी
कालिकोट




























