
मुक्तकहरूः

उ टेक्सी ड्राइभर पो ‘ हो प्लेन उडाउन सक्दैन
वडाको बजेटले क्रीकेट रंगशाला बनाउन सक्दैन
त्योत सब चुनाव जित्न भनेको हो याद राख्नुस्,
गधाले त भारी पो बोक्ने हो गित गाउन सक्दैन !
२
भुँडी फुट्ने गरि खाइसक्यो अझैं चाखेको छैन भन्छ
खल्तीमा हालिसक्यो मैले हात नै लाएको छैन भन्छ
नत कसैले चोर भनेको छ नत उसलाई सोधेको छ,
आफैं जो चोर हो ठूलो स्वरमा मैले चोरेको छैन भन्छ!

३
झुटो बोलेर भोट किनेको रहेछ अब के बिकास हुन्छ
उनाइस लाख खर्च भएको रहेछ अब के बिकास हुन्छ
वडा अध्यक्षको उमेदवार हुँदा नैं प्रती ब्यक्तिलाई,
एक एक हजार बाँडेको रहेछ अब के बिकास हुन्छ!
४
नेता जि सुखी र समृद्ध नेपालको नारा कता गए छ
जताततै चोर, दलाल, ठगहरुले पाइला टेके छ
आफू , कार्यकर्ता सबै झोले कहाँ भाग पुग्नै पर्ने ,
भ्रस्टाचारिको भुँडी पनि पानीटंकी जस्तै हुने रहे छ!
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी






























