मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने सांसदलाई नाउपाले कारबाही गर्ने

Image
Nisarga Hospital

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारबाही गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारबाही गर्ने जनाएको हो।नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापालाई कारबाही गर्ने दलले जनाएको छ। मन्त्रीसमेत रहेका दुवै जनाले आफ्नो पार्टीको दलको निर्णय विपरीत मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्रीलाई विश्वासको मत नदिनका लागि उन्मुक्तिले ह्विप जारी गरेको थियो।

CP Hospital Dhangadhi

दलको ह्विपलाई अटेर गरेर विश्वासका मत दिएका दुवै जनालाई कारबाही गरिने मुख्य सचेतक खुशीराम डङ्गौरा थारुले बताएका छन्। उनले भने, ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिनु भएका दुवै माननीयलाई कारबाही हुन्छ।’ मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सो पार्टी प्रदेश सभामा भने विभाजित भएको देखिएको थियो।विश्वासका मत दिएका दुवै जना प्रदेश सभा सदस्य सत्तापक्षको बेन्चमा र सरकारको विपक्षमा रहेका पाँच जना प्रदेश सभा सदस्य प्रतिपक्षको बेन्चमा बसेका थिए। उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए।मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दुवै सदस्य नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर रहेको बताइन्छ। सरकारको विरोधमा रहेका पाँच जना सदस्य भने संरक्षक रेशमलाल चौधरी पक्षधर रहेको बताइएको छ। सरकारको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष र संरक्षकबिच चर्को विवाद रहेको छ।

Attariya Hospital

दिनेशखवर

nawajiwan