कैलालीको धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव २०८१ आयोजना हुने

Image
Nisarga Hospital

कैलालीको धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव २०८१ आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमिति धनगढी कैलालीको संयुक्त आयोजनामा गौरा महोत्सव हुने भएको हो।

CP Hospital Dhangadhi

आयोजकले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी यहीँ भदौ ८, ९ र १० गते धनगढी उपमहानगरपालिका–९ स्थित पुरानो एयरपोर्र्ट खुल्ला मञ्चमा नवौँ संस्करणको गौरा महोत्सव आयोजना गरिने जनाएको छ।

सुदूरपश्चिम गौरा महोत्सवका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिने सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले जानकारी दिए। उनका अनुसार गौराको महत्त्व झल्किने धार्मिक परम्परागत मौलिक प्रस्तुतिमा विशेष जोड दिइनेछ। चैत, धमारी, ढुस्को, भारीखेललगायतका प्रस्तुतिहरू महोत्सवमा प्रस्तुत गरिने उपकुलपति जोशीले बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसका साथै गौरा महोत्सवमा सुदूरपश्चिम प्रदेशका चर्चित कलाकारहरूका गायन, नृत्य लगायतका प्रस्तुतिहरू रहनेछ। चर्चित प्रत्यक्ष डेउडियाहरुका भारी खेल प्रस्तुत हुने आयोजकले जनाएको छ। आयोजकले विद्यालयस्तरीय देउडा प्रतियोगिताका लागि केही नियम पनि बनाएको डेउडा प्रतिष्ठान कैलालीका अध्यक्ष दलबहादुर बोगटीले बताए।

डेउडा गीतहरू सिर्जना गरेर लेखेर छात्र र छात्रा दुवै पक्षबाट गाउने मिल्ने र प्रस्तुति कम्तीमा १२ मिनेट र बढीमा १५ मिनेटभित्र सकाउनुपर्नेछ। विद्यालयले कम्तीमा १० र बढीमा १६ जना विद्यार्थी डेउडामा सहभागिता गराउन सक्नेछ।

विद्यायालय स्तरीय डेउडा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ११ हजार १११, ७ हजार ५५५, ५ हजार ५५५ र ३ हजार ३३३ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

Dhnagadhi & Krishanapur