गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण

Image
Nisarga Hospital

भदौ, काठमाडौँ । गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण गरिएको छ । शुक्रबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले ललितपुरमा रहेको न्यु मिलेनियम स्कुलमा आयोजना गरेको बिशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, बिशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य सोबिता गौतम लगायतका अतिथीले सामुहिक लोकार्पण गरे ।
कार्यक्रममा गीतको भिडिओ पनि देखाइएको थियो । भिडिओ हेरिसकेपछि प्रमुख अतिथि नारायण रायमाझीले गायिका कविताले मौलिकतालाई ध्यान दिएर गीत निर्माण गरेकोमा धन्यवाद दिए । पछिल्लो समय तीजको मर्म बोल्ने गीतहरु कम भएकाले यस्ता गीत बन्नुपर्नेमा जोड दिए । रायमाझीले पहिले चेलीको कथा तीजका गीतमा आउँथे तर अहिलेका गीतमा त्यो मर्म नभेटिएको भन्दै श्रृष्टा आफै सुध्रिनुपर्ने बताए । ‘केहि समय अघिसम्म दुर्गेश थापाको गीत आउँदा बिकृती ल्यायो भन्थे तर अहिले ति भन्दा कस्ता कस्ता गीत आएका छन् । जुन गीतहरु सुन्न पनि अप्ठ्यारो लाग्छ ।’ रायमाझीले भने । ‘समाजमा बसिसकेपछि समाजमा पचाउने गीत बनाउनुपर्छ ।’.

CP Hospital Dhangadhi

यस्तै बिशिष्ट अतिथी सोबिता गौतमले तीजको इतिहास आजको गीतबाट जान्ने मौका पाएको बताइन् । उनले भनेकी छिन्, ‘योे तीजको गीत मात्र नभएर इतिहास बनेर बस्नेमा विश्वास लिएकी छु ।’
साथै गौतमले समाजमा पछिल्लो समय बिकृती फैलाउने गीत आइरहेको भन्दै यो समाज बनाउने जिम्मा राजनितिज्ञको मात्र नभई सबैको दायित्व रहेको बताइन् । ‘एक असल नेता आउँदैमा देश बदलिन्छ भन्ने होइन् । देश बदलिन, समाजमा रहेका हरेक ब्यक्ति बदलिनु आवश्यक छ । समाजका हरेक क्षेत्रका ब्यक्तिको नेतृत्व बदलिनु पर्छ । त्यसमा पनि कला क्षेत्रमा रहेका ब्यक्तिहरुले समाज परिवर्तनमा ठुलो भूमिका खेल्छन् । त्यसैले कलाकर्मीले बिशेष ध्यान दिनुपर्छ ।’ गौतमले भनिन् । ‘लोकतन्त्र छ भन्दैमा मनपरी गर्न पाइदैन, समाजलाई बिथोल्न पाइदैन ।’

उनले पछिल्लो समय देखिएको बिकृतीले गीतसंगीतमा पनि चलचित्रमा जस्तै सेन्सरसिपको आवश्यकता महसुस भएको बताइन् । उनले भनेकी छिन्, ‘चलचित्रलाई नियमन गर्न सेन्सर गर्ने निकाय छ । यस्तै गीतसंगीतलाई पनि नियमन गर्ने निकायको आवश्यक महसुस भएको छ ।’
कार्यक्रममा राष्ट्रिय लोक सन्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले पहिले चेलीका बेदना तीजका गीतमा आउने गरेको तर अहिले उत्ताउला, उट्पट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको भन्दै त्यस्ता काम नगर्न श्रृष्टाहरुलाई अनुरोध गरे ।

nawajiwan

कार्यक्रममा सभापति राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले गायिका कविताको गीतको सफलताको शुभकामना दिँदै मौलिकता नछाडेकोमा धन्यवाद दिए । उनले गायिका कविताले जस्तै सबै श्रृष्टाले आफूले के गरिरहेको छु र कस्तो सिर्जना दर्शक तथा स्रोतालाई दिँदैछु, त्यसले के सन्देश जान्छ भन्ने ख्याल राख्न आग्रह गरे ।

Attariya Hospital

यस्तै अतिथी चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीले पछिल्लो समय गीतहरु ब्यावसायिकतामा बढी केन्द्रित भएपछि बिकृती आउने रहेछ भन्दै त्यो कुरालाई स्वयम श्रृष्टाले नै सेन्सर गर्नुपर्ने बताए । साथै गायिका कविता अर्यालले मौलिकतालाई ध्यानमा राखेर गीत सार्वजनिक गरेकोमा बधाइ दिए ।

गायिका कबिता अर्याल आफ्नो नयाँ गीतको सन्दर्भमा बोल्दै सधैं आफूले मौलिकतामा ध्यान दिएको बताइन् । ‘गीत भनेको सोचाई हो । मानिसले आफ्नो सोचाईमा आएको कुरा ब्यवहारमा देखाउँछ । अहिलेको समयमा तीजका गीत कस्ता आए भन्ने कुरामा तीजको समयमा आउने गीतमा तीज बिशेष मौलिकता झल्किनुपर्छ । तीजका गीत डिस्कोमा नाँच्ने खालका हुनु हुँदैन । डिस्कोका गीत देखी भजनका गीतका आफ्नै महत्व छ र तीजको पनि छुट्टै महत्व छ ।’ गायिका अर्यालले भनिन् । ‘तीज महिला दिदीबहिनीहरुको महान चाड हो । यसमा संस्कृति झल्किनुपर्छ, मौलिकता झल्किनुपर्छ । परिवारको, समाजको मतलब नगरेर छाडा प्रबृतिमा हिड्नु हुँदैन । तीजका गीत रत्यौली जस्ता हुनुहुँदैन ।’
संस्थाका सचिव कमल सरगम चौलागाईंले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष हरि दुलालले स्वागत मन्तब्य दिएका थिए । उपाध्यक्ष दुलालले संस्थाले २०६५ सालमा लोक संस्कृति र मौलिकताको बारेमा कलम चलाउने सन्चारकर्मीहरु एकजुट भएर संस्था स्थापना गरिएको र सधैं मौलिकताको बारेमा बोल्दै आएको भन्दै आगामी दिनमा पनि बिकृती बिरुद्ध आवाज उठाइरहने बताए ।

सार्वजनिक गीत ‘तीजका गीत कस्ता बने’ गायिका स्वयमको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत गायिका स्वयमकै छ । भिडिओमा स्मृति तिमिल्सिनाको कोरियोग्राफर र निर्देशन रहेको छ । करण चैसिरले खिचेको भिडिओ नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

Advertize US